बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
मङ्गलबार, ०९ भदौ २०७७, २२ : ५७
काठमाडौं । पश्चिम नेपालको बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार साँझ ९ बजेर ९ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि पनि साउन ३१ गते पूर्वी नेपालको संखुवासभा केन्द्रबिन्दु पारेर ४.२ म्याग्निच्युडको भूकम्पको गएको थियो ।