फिलिपिन्समा शक्तिशाली भूकम्पको धक्का
सोमबार, २२ भदौ २०७७, १३ : १८
मनिला । फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा आइतबार ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । युरोपेली भूकम्प मापन केन्द्रकाअनुसार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।
भूकम्पबाट जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् । -एएनआई