आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आफैले बनाउँदै गरेको टेलिफोन टावरबाट खसेर कामदारको मृत्यु

मङ्गलबार, ०६ असार २०७४, २२ : १५
मङ्गलबार, ०६ असार २०७४

सिरहा– सिरहा सदरमुकाम स्थित नेपाल टेलिकम कार्यालको परिसरमा निर्माणाधिन टावरवाट खसेर मंगलबार वेलुकी एक युवकको मृत्यु भएको छ । बारा जिल्ला ओल्भी नगरपालिका ७ का २६  वर्षिय रमेश चौधरीको निर्माण भईरहेको टावरबाट खसेर मृत्यु भएको हो । 

निर्माणधिन टावरको करिव ६० फिट माथिबाट खसेर टाउकोमा गम्भिर चोट लागेका चौधरीको उपचारको क्रममा जिल्ला अस्पता सिरहामा ज्यान गएको प्रहरीले जनाएको छ ।  

दुहवी स्टील प्रालिले निर्माण गरिरहेको टेलिफोन टावरमा टाउमा हेलमेट नलाई काम गरिरहेको अवस्थममा खसेर टाउकोमा गम्भिर छोट लागेर घाइते भएका थिए ।
 

घाइते चौधरीको उपचारकै क्रममा ज्यान गएको जनाएको छ । चौधरीको शव जिल्ला अस्पताल सिरहामा राखिएकोे छ । उनको वेलुकी ६ बजेर २५ मिनटमा मृत्यु भएको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप