विश्वविद्यालयको बेथितिविरुद्ध नेविसंघको ज्ञापनपत्र
मङ्गलबार, ०६ असोज २०७७, १९ : २२
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा बेथिति बढेको भन्दै नेपाल विद्यार्थी संघले ज्ञापनपत्र बुझाएको छ । नेपाल विद्यार्थी संघका अध्यक्ष जगदिस भट्टको नेतृत्वमा गएको नेविसंघ टोलीले मंगलबार त्रिविका पदाधिकारीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएका हो ।
कोरोना महामारीका क्रममा विद्यार्थीको शैक्षिक सत्र नै गुम्ने खतरा भएकोले तत्काल निर्णायक कदम चाल्न पनि नेविसंघले आग्रह गरेको छ ।