आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आज धनधान्यकी देवी लक्ष्मीको आराधना गरेर लक्ष्मी पूजा मनाइँदै

शनिबार, २९ कात्तिक २०७७, ०८ : ५४
शनिबार, २९ कात्तिक २०७७

काठमाडौँ – आज धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मी पूजा मनाइँदैछ । 

यो पर्व हरेक कात्तिक कृष्ण औँसीको रातमा मनाउने परम्परा रही आएको छ । 

यो दिन फोहोर र अन्धकार स्थानमा लक्ष्मीले बास नगर्ने भएकोले  घर आँगन, कोठा, चोटा, बुइँगल, अट्टालिका र घर गोठका कुनाकन्दरा सफा र उज्यालो राखेर लक्ष्मीको स्तूति गर्ने प्रचलन छ ।

यसै दिन जनैपूर्णिमाका दिन नाडीमा बाँधिएको डोरो गाईको पुच्छरमा बाँधेर वैतरणी नदी पार गर्ने मनोकाङ्क्षा पनि राखिन्छ । स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको आराधना गर्नु भनिएको छ ।

घाम अस्ताउनु अघिको २५ मिनेट र अस्ताएपछिको प्रदोषकालमा उद्यमी व्यवसायीले र गृहस्थले यसपछि लक्ष्मीको आराधना गर्दा राम्रो हुने ज्योतिष शास्त्रमा उल्लेख छ  । 

आज्ञा पालक र भरपर्दो रक्षक मानिएको कुकुर पूजा पनि यसै दिन परेको छ । शनिबार दिउँसो १ः४९ बजेसम्म चतुर्दशी र यसपछि आइतबार बिहान ११ः२७ बजेसम्म औँसी रहेको छ । चतुर्दशीमा कुकुर पूजा र औँसी लागेपछि लक्ष्मी पूजा गर्नुपर्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप