भर्खरै निर्वाचित भई खुशी साट्दै गर्दा हृदयघात भई जसोदेवीको निधन
बिहीबार, ०५ असोज २०७४, २० : ३९
सप्तरी– प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनअन्तर्गत सप्तरीकी एक जनप्रतिनिधिको सपथ नलिँदै निधन भएको छ ।
स्थानीय तहको निर्वाचनमा विजयी भएकी सप्तरी जिल्लाको हनुमाननगर–कंकालनी नगरपालिका २ बाट विजयी भएकी जसोदेवी खत्बेको विहीबार निधन भएको हो ।
उनको एक्कासी हृदयघात भइ विहीबार बेलुका निधन भएको हो । वडा सदस्यमा निर्वाचित भएपछि खुशी साट्दै गरेकी जसोदेवीलाई खुशी साटिरहेकै बेला एक्कासी हृदयघात भएको हो ।
उनी राजपाबाट दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।