आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चार महिनामा चार खर्ब बाहिरियो

सोमबार, ०८ मङ्सिर २०७७, १७ : १२
सोमबार, ०८ मङ्सिर २०७७

काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा (साउन देखि कात्तिकसम्म) चार खर्ब रुपैयाँ भन्दा बढी बाहिरिएको छ । अर्थात ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ । गत वर्षको यसै अवधिको तुलनामा आयात १०.६२ प्रतिशतले प्रतिशतकले बढेको हो । ब्यापारघाटा १२.४९ प्रतिशतले साँघुरिएको छ । गत आव २०७६/०७७ को सोही अवधिको  तुलनामा १२.४९ प्रतिशतले ब्यापार घाटा घटेको हो।

कात्तिकमा मात्र विदेशबाट एक खर्ब १० अर्ब रुपैयाँको सामान भित्रिएको भन्सार विभागले जनाएको छ । चार महिनामा वैदेशिक ब्यापार ४ खर्ब ४२ अर्ब रुपैयाँ भन्दा बढी भएको थियो । पछिल्लो समय निर्यातमा केही सुधार हुन थालेपछि थोरै भएपनि व्यापार घाटामा संकुचन आएको छ । विभागको तथ्याँकअनुसार गत वर्ष सोही अवधिको तुलनामा यस वर्ष आयात पनि घटेको छ। गत साउनदेखि कात्तिकसम्ममा ४ खर्ब ५० अर्ब रूपैयाँ बराबरको सामान आयात भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप