माओवादी–फोरम गठबन्धलाई हराउँदै सिरहाको सुखीपुर नगरपालिकामा एमाले विजयी
शुक्रबार, ०६ असोज २०७४, १५ : २५
सिरहा – सिरहाको सुखीपुर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
नगरपालिकाको मेयरमा एमालेका रामअवतार यादव र उपमेयरमा रेणुदेवि साह विजयी भएका हुन् ।
यादवले ६,१११ मत ल्याए भने साहले ६०८६ मत ल्याइन् ।
उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका लक्ष्मण चौधरीले ४, १८६ मत ल्याए भने उपमेयरमा माओवादी केन्द्रमा दीपनारायण यादवले ३,३५४ मत ल्याएका थिए ।
नगरपालिकामा माओवादी र फोरमले गठबन्धन बनाएर चुनाव लडेको थियो ।