आज यी स्थानमा काटिँदैछ बिजुली
शनिबार, २७ मङ्सिर २०७७, ०७ : १९
काठमाडौँ । आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बिजुली काटिने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले बानेश्वर सबस्टेशनमा आवश्यक मर्मतका लागि शनिबार विद्युत् कटौती गर्ने जानकारी दिएको हो ।
प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा मर्मत गर्नका लागि मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो।
प्राधिकरणका अनुसार सो सबस्टेशनबाट विस्तारित धोबिखोला, वाग्मती, कोटेश्वर, बानेश्वर, पूरानो एयरपोर्ट, लुभूलगायतका स्थानमा विद्युत् कटौती हुनेछ ।
प्राधिकरणले बानेश्वर सबस्टेशनको ११ केभी बसबारमा मर्मत गर्न लागेको छ।
प्राधिकरणले विद्युत् कटौती हुँदा पर्ने असुविधाप्रति उपभोक्तामा क्षमा माग्दै निर्धारित कार्य समय अगावै सकिएको खण्डमा विद्युत् प्रवाहसमेत हुनसक्ने जनाएको छ।