आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कृष्ण भजन ‘अलमल नगरौं’मा अन्जली

मङ्गलबार, ०७ पुस २०७७, १२ : १७
मङ्गलबार, ०७ पुस २०७७

काठमाडौं । अन्जली अधिकारी पछिल्लो समय म्युजिक भिडियोमा चलेकी मोडल हुन् । 

लोक, आधुनिक होस् वा भजन सबै प्रकारको गीतमा उनको मोडलिङ देख्न सकिन्छ । 

यस्तैमा गायक लोक पौडेलको कृष्ण महिमा झल्कने भजन ‘अलमल नगरौं’मा पनि अन्जलीको मोडलिङ रहेको छ ।

समय र उमेर छँदै  ईश्वरप्रति भक्तिभाव राख्न र सेवा आराधनामा लाग्न अनुरोध गरिएको भजनमा डा. भोला रिजालको शब्द र नरहरि प्रेमीको संगीत रहेको छ । कमल सौरागले भजनलाई संगीत संयोजन गरेका हुन् ।  

भिडियोमा अन्जली अधिकारीलाई मोडलिङमा राज खड्काले साथ दिएका छन् । बुद्ध थापाको छायाँंकन र बिष्णु खड्काको सम्पादन रहेको भिडियो राज खड्काले निर्देशन गरेका हुन् ।

भिडियो:

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप