स्वस्थ निद्राका लागि प्रकाश प्रदूषणको असर
निद्रासम्बन्धी निद्राविद् डाक्टरहरूको चेतना दुई परस्पर विरोधी धारमा विभाजित रहेको हुन्छ । एउटा मनले यिनीहरू थोमस अल्वा एडिसनलाई गाली गर्न र अर्को सुषुप्त मनले उनको प्रशंसामा गीत गाउन नजाने पनि गद्य कवितासम्म कोर्ने भावमा रहेका हुन्छन् ।
आधुनिक चिकित्सा विज्ञानमा निद्रा, अनिद्रा पनि रोगकै श्रेणीमा दर्ज भइसकेको छ ।
सोमोनोलोजिस्ट अर्थात निद्राविद् डाक्टर ती स्वास्थ्यविज्ञ अथवा स्वास्थ्यकर्मी हुन् जसले निद्रा, निद्रामा गडबडी र स्वस्थ निद्राबारे औषधिमुलो र सरसल्लाह एवं उचित परामर्श दिन्छन् । स्लिप फिजिसियन र स्लिप साइकोलोजिस्ट दुवै यसै क्षेत्रका विज्ञ हुन् । निद्राविद् डाक्टर हुनलाई इन्टर्नल मेडिसिन, पल्मोनरी मेडिसिन, साइक्याट्री, पेडियाट्रिक्स र अटरिनोलरिनोलोजी ईएनटी विधाबारे ज्ञान हुनुपर्छ ।
यस क्षेत्रका विज्ञले निद्रासम्बन्धी गडबडी जस्तै– स्लिप अपनिया (sleep apnea), इनसोम्निया (insomnia), रेस्टलेस लेग सिन्ड्रोम (restless legs syndrome), पिरियोडिक लेग मुभमेन्ट डिस्अर्डर (periodic leg movement disorder), नार्कोलेप्सी (narcolepsy), सरकाडियन रिदम डिसअर्डर (circadian rhythm disorders) लगायत निद्रासम्बन्धी अन्य समस्या बुझेर तिनको निदान गर्छन् । आधुनिक युगमा यो रोग पनि अन्य रोग जस्तै सामान्य हुँदै गइरहेको छ । मूल (जरा) नभएको कही पनि हुँदैन । प्रत्येक रोगको केही न केही र कहीँ न कहीँ मूल पक्कै हुन्छ । निद्रासम्बन्धी गडबडीको मूल खोज्दै जाँदा हेरौँ कहाँसम्म पुगिन्छ ?
तपाईंलाई थाहा छ एडिसनले के गरे ? उनले मानव समाजलाई रात्रिविहीन बनाइदिए । जुन दिन सिसाको सानो गोलोभित्र ‘टङ्गस्टनको फिलामेन्ट’ झलझली बल्यो । त्यही दिन रात्रिमाथि पहिलो भीषण प्रहार भयो । त्यस दिनदेखि प्रकाशको अर्थ ‘अग्निशालाका’ रहेन ।
थोमस एल्वा एडिसनको जीवन विषयक घटनाका अनेकौँ कथा हामीले पढेका –सुनेका छौँ । विज्ञान र वैज्ञानिकहरूलाई गल्फका तवरले पढ्न सामान्यजन अति नै उत्साहित रहन्छन् । कथाका माध्यमले क्लिस्ट विषयबारे बुझ्नु, बुझाउनु राम्रो कुरा हो तर फगत कथाका माध्यमले वैज्ञानिक चेतनाको प्रस्फुटन हुन सक्दैन र न त यस्ता कथा पढ्दैमा विज्ञान विषयक सम्यक जानकारी नै पाउन सकिन्छ ।
विज्ञान ‘फिक्सन’ पढेर विज्ञानसँग रुचि अथवा प्रेम बढाउनु उति नै असहजकर हुन्छ जति फिल्मको पर्दामा देखाइएको प्रेम सम्बन्धलाई वास्तविक व्यक्तिगत जीवनमा जिउन गर्न गाह्रो हुन्छ । इल्म र फिल्म दुवै क्षेत्रमा ‘माइल स्ट्रोक’ सिर्जना गर्न कथाकारिता एवं कलाकारिताभन्दा धेरै माथि उठ्न सक्नुपर्छ ।
तपाईंलाई थाहा छ एडिसनले के गरे ? उनले मानव समाजलाई रात्रिविहीन बनाइदिए । जुन दिन सिसाको सानो गोलोभित्र ‘टङ्गस्टनको फिलामेन्ट’ झलझली बल्यो । त्यही दिन रात्रिमाथि पहिलो भीषण प्रहार भयो । त्यस दिनदेखि प्रकाशको अर्थ ‘अग्निशालाका’ रहेन । विद्युतबाट झिलिमिली भएको गुलुपले मानव संसारमा प्रकाशको अर्थ र अभिप्रायमै सर्वथा नौलो क्रान्ति ल्याइदियो ।
यस उपलब्धिका साथै पृथ्वीको प्रकृतिमा रात्रिरूपी प्राकृतिक व्यवस्था खुम्चिन बाध्य भयो । खुम्चिँदै गएको रात्रिका साथै हाम्रो निद्रा पनि क्षीण, दुर्बल, कमजोर, असहाय, बाधित हुन बाध्य भयो । एडिसनको कृत्रिम प्रकाशले ‘उज्याला दिनको’ प्रभावकारिता यसरी विस्तार गर्दै लग्यो, जसको कसैले कल्पनासम्म पनि गरेको थिएन । कृत्रिम प्रकाशको बढ्दो प्रभावले रात्रि र निद्राको सम्बन्ध र सहचर्यलाई भताभुङ्ग बनायो । मानिसले आफ्ना रात्रि र निद्रालाई मात्र गुमाएनन् वरन यी दुवैप्रतिको अनुरागबाट पनि वञ्चित हुनुप¥यो । आजको युगमा सायदै यस्तो कोही मानिस भेटिन्छ होला जसले भनोस्, ‘मलाई रात्रि मनपर्छ, मलाई अन्धकार मन पर्छ, मलाई निद्रासँग प्रीति छ र म व्यग्रतासाथ रात्रिको प्रतीक्षा गर्छुु ।
अचेलका आधुनिक मेट्रो तथा ‘स्मार्ट सिटी’हरूमा ‘प्रकाश प्रदूषण’का कारण यति धेरै उज्यालो हुन्छ जसले गर्दा यहाँका रात्रि पनि कृत्रिम दिन जस्तै प्रतीत हुन्छन्् । भागमभाग र ठेलमठेलको सहरी जीवनमा आफूलाई ‘वर्क अल्कोहलिक’को विभूषणले सुशोभित गर्ने धेरै जना हामी सबैको मित्र मण्डलीमै हुन्छन् । यिनले बडो गर्वका साथ उद्घोष गर्छन्– ‘यू नो आई एम वर्क अल्कोहलिक, आई डोन्ट स्लिप मच’ ।
कृत्रिम प्रकाशका साथसाथै जति मात्रामा मनोरञ्जनका उपाय र साधन बढ्दै गए त्यति नै हामीले आफ्नो निद्रालाई शमित–दमित गर्ने अनेकन् विधि र व्यवस्था खोज्दै गयौँ ।
हरे, यो कस्तो मानसिकता ! राति नसुतेर काम र दामका लागि जोतिनु र त्योभन्दा पनि बढी यस्ता क्रियाकलापको सम्प्रेषण गर्दै आत्मरतिमा विभोर हुनु ‘स्टेटस सिम्बल’ बनिसक्यो ।
हामी पढ्छौँ एडिसनले आफ्नो जीवनकालमा थुप्रै आविष्कार गरे । एक हजारभन्दा बढी ‘प्याटेन्ट’ त उनको नाममा छन् रे ! उनका अन्य आविष्कार केके हुन् ? त्यो यस लेखको विषयवस्तु होइन तर मनोरञ्जनको दुनियाँमा अभूतपूर्व क्रान्ति ल्याउने ‘फोनोग्राफ’ र ‘मोसन क्यामरा’ को उल्लेख नगरी रात्रि र निद्रा विषयक यो चर्चा पूर्ण हुँदैन । यी आविष्कारपछि कुनै दृश्य ‘लाइभ’ हेरिराख्नुपर्ने बाध्यताबाट सदाका लागि मुक्ति पाइयो ।
मनोरञ्जन चाहने विपुल जमातका लागि घटना र दृश्यलाई क्यामरामा कैद गरेर जुनसुकै बेला हेर्ने सुविधा प्राप्त भयो । जुन बेला ‘फ्री’ समय उपलब्ध छ । क्यामेराको रेकर्डिङले समयकाशको सीमाना नाघेर विगतमा हाम्फाल्ने सुविधा उपलब्ध गरायो । तपाईंको वाञ्छित ‘फ्री’ समय कहिले ? हजुर, अलिकति विचार गरी हेर्नुस् त... । त्यही रात्रिकै समय होइन र ?
कल्पना गर्नुस् त विद्युतको आविष्कार हुनुभन्दा पहिलाको जनजीवन !
कृत्रिम प्रकाशका साथसाथै जति मात्रामा मनोरञ्जनका उपाय र साधन बढ्दै गए त्यति नै हामीले आफ्नो निद्रालाई शमित–दमित गर्ने अनेकन् विधि र व्यवस्था खोज्दै गयौँ ।
उपरोक्त सबै घटना चक्र पढेर तपाईंलाई सायदै विस्मात लाग्यो होला । जुन कुरा हाम्रो जीवनकै अभिन्न अङ्ग बनिसकेको छ । त्यसले केको विस्मात !
तर अब अलिकति ध्यान दिएर पढ्नुहोस्– बल्ब आविष्कार भएको २० वर्षीभत्रै संसारका समस्त श्रमिक वर्गको जीवन परिवर्तन भयो । अब दिनको समाप्तिको अर्थ सूर्यास्त रहेन, सूर्यास्तपछि पनि फ्याक्ट्रीभित्र दिनको उज्यालो उपलब्ध भयो । दिन हुनलाई अथवा प्रकाश हुनलाई सूर्यको अपरिहार्यता बर्खास्तगीमा पर्न गयो । एडिसनको एउटा सामान्य आविष्कारले युगौँदेखि चलिआएको सूर्यको महत्व, सूर्य र दिन दुवैको परस्पर अन्तरसम्बन्धलाई अप्रासङ्गिक बनाइदियो ।
अब मानिसले वाञ्छित–अवाञ्छित कुनै कार्य गर्न सूर्य अथवा दिनलाई पर्खी बस्नुपर्ने आवश्यकता वा बाध्यता रहेन । रात्रि पनि दिन सदृश्य उज्याला भएकाले दिन र रात्रिको परस्पर भेदमा रही आएका धेरै उपमा र उपमान तिरोहित भए ।
‘मेरो सहर चौबीसै घण्टा जाग्राम रहन्छ’ जस्तो अभिव्यक्ति दिन हामी गर्व गर्छाैं तर के हामीलाई थाहा छ चौबीसै घण्टा जाग्रामका कारण कति विद्युत् व्यय हुन्छ ? यहाँका मानिस र पर्यावरणले यसको कति र कस्तो मूल्य चुकाउनु परिहेको छ ?
अब अलिकति ध्यान दिएर पढ्नुहोस्– बल्ब आविष्कार भएको २० वर्षीभत्रै संसारका समस्त श्रमिक वर्गको जीवन परिवर्तन भयो । अब दिनको समाप्तिको अर्थ सूर्यास्त रहेन, सूर्यास्तपछि पनि फ्याक्ट्रीभित्र दिनको उज्यालो उपलब्ध भयो ।
पर्यावरणीय प्रदूषणका कारणमध्ये प्रकाश पनि एक प्रमुख कारण हो तर हजारौँ वर्षसम्म रात्रिको निविड अन्धकार भोगेका हाम्रा पुर्खाले प्रकाशलाई यति पावन र पुनीत श्रेणीमा राखिदिए, जसले गर्दा ‘तमसो मा ज्योतिर्मय’बाहेकको अन्य कुनै जानकारी अस्तित्वमा आउनुभन्दा पहिला नै भ्रुण हत्याको शिकार हुन्छ ।
निःसन्देह ‘तमसो मा ज्योतिर्मय’ कुनै बेला प्रासङ्गिक थियो । तपाईं सोध्न सक्नुहुन्छ, यो के कुरा भयो, पवित्र शास्त्र वाक्य पनि कहिल्यै अप्रासङ्गिक हुन्छन् ? धर्म र विज्ञानमा तात्त्विक भिन्नता नै यही हो । धर्मका आप्त वाचनका लागि हामी जुनसुकै रक्तपात मच्चाउन सजग एवं तत्पर रहन्छौँ तर विज्ञानले प्रतिपादन गरेका सत्य विस्थापित हुँदा कहीँकतै कुनै किसिमको हल्लागुल्लासम्म हुन्न ।
‘तमसो मा ज्योतिर्गमय’ त्यो बेला प्रासङ्गिक थियो, जुन बेला सम्पूर्ण पृथ्वी १२ घण्टासम्म अन्धकारको पासमा रहन बाध्य थियो । मनुष्यता सूर्योदयको प्रतीक्षामा असहाय भावले १२ घण्टे निशाकाललाई भोग्न विवश थियो । र, सूर्योदय हुनासाथ पूर्वदिशामा उदीयमान खगोलीय पिण्डलाई विनीत भावले ‘ॐ सूर्याय नमः’ ले श्रद्धा नमन गर्न आफ्नो परम सौभाग्य सम्झिन्थ्यो । त्यो बेला सूर्यको देवत्वकरण हुनु कुनै दृष्टिले नाजायज थिएन ।
पृथ्वीको संसारका लागि सबैभन्दा उच्च ऊर्जा र प्रकाशको स्रोत निःसन्देह अहिले पनि सूर्य नै छ । तर सूर्यमाथिको हाम्रो निर्भरता प्रकाशका सन्दर्भमा परिवर्तन भएको छ । आजको मानिसलाई सूर्यास्तसँगै सुत्ने र सूर्योदयमा ओछ्यान त्याग्ने कुनै बाध्यता छैन । न आफ्ना कार्य गर्नलाई सूर्यको सहचर्यको आवश्यकता छ । सौर्य मण्डलका सबै ग्रह उपग्रह सूर्य केन्द्रित भए पनि पृथ्वी नामक ग्रहको मानिस भन्ने प्राणीले सूर्यको महत्त्वमा ५, १० प्रतिशतकै भए पनि सेंधमारी गरेका छन् । सूर्यको अभावमा हुने चिसा, अँध्यारा आफ्ना रात्रिलाई उसले दिन सरह न्यानो र उज्यालो बनाएको छ ।
रात्रिलाई दिन सरह प्रकाशित बनाउनुका लाभ त तपाईं सबैलाई विदित नै छन् तर यसका हानिबारे आजसम्म चर्चा भएका छैनन् । रात्रिलाई दिनमा रूपान्तरित गरेर त्यसअनुसारको परिवर्तित जीवनशैलीमा रमाउनेहरू आफूभित्रको ‘सर्केडियन क्लक’सँग खेलिरहेका छन्, यो तथ्य धेरै कम मानिसलाई मात्रै थाहा होला ।
‘सर्केडियन क्लक’सँगको यस छेडछाड र असन्तुलनले शरीरमा व्यापक परिवर्तन भइरहेका छन् । परिणाम स्वरूप अनेकन् नयाँ नयाँ रोग उत्पत्ति भएर सम्पूर्ण मानवता नै त्रस्त बन्न पुगेको छ । अनेकन् सडक दुर्घटना, मनोरोग, डायबिटिज, ब्लड प्रेसर, अटोइम्युन रोग, क्यान्सर जस्ता थुप्रै व्याधि रात्रि जागरणका फलस्वरूप तीव्र गतिले बढ्दै गइरहेका छन् । अनेकन् शोधले रात्रि जागरणका कारण स्तन क्यान्सर र इन्टेस्टाइन क्यान्सर बढेको प्रमाणित गरेको छ । तर रात्रिकालीन समयमा काम गरेर अधिक अर्थोपार्जन अथवा ‘नाइट लाइफ’का नाममा डिस्कोमा मनोरञ्जन भोग गर्ने समाजले सूर्य र ‘सर्केडियन क्लक’को उपयोगिताबारे सोच्ने समय नै कहाँ छ, फुर्सद नै कहाँ छ ?
अब हेरौँ निद्रा विषयक विज्ञ डाक्टरगणको चेतना दुई धारमा विभाजित किन भएको छ ?
कारण स्पष्ट छ, उसको एकथरी व्यक्तित्व वा चेतना एडिसनप्रति अनन्त आभार व्यक्त गरिरहेको हुन्छ । एडिसन नभएको भए बल्ब, फोनोग्राफ, क्यामरा आदि हुने थिएनन् । र, यी सबै नभएको भए रात्रि र निद्राको अस्तित्व प्राकृतिक रूपमै विद्यमान रहने थियो । रात्रि र निद्रा दुवै प्राकृतिक र स्वस्थ हुने थिए । यस्तो परिस्थितिमा निद्रा विशेषज्ञ डाक्टरको अथवा यस विधाको विज्ञान शाखाको अस्तित्व नै आकारमा आउने थिएन । तर यी डाक्टरहरूको चेतनालाई यो पनि त थाहा छ निद्रासम्बन्धी सबै रोगको मूल एडिसनकै करामात हो ।
एडिसन जीवित भएको भए ‘स्लिप डिसअर्डर’, ‘स्लिप स्पेसलिस्ट’, ‘इन्सोमेनिया’, ‘नर्कोलेप्सी,’ ‘सर्केडियन रिदिम डिसअर्डर’ आदिको प्याटेन्ट लिनका लागि अदालत धाइरहेका हुन्थे ।
असतो मा सद्गमयु, तमसो मा ज्योतिर्गमयु, मृत्योर्माऽमृतं गमयु बृहदारण्यक उपनिषद्का रचयिता वैदिक ऋषि याज्ञवल्क्यको यो प्रार्थना मन्त्रबारे निठल्ला चिन्तन गर्दा पहिलो वाक्य ‘लिड मी फ्रम अनरियल टू रियल नै सबैभन्दा झन्झटिलो लाग्छ । सत्य– असत्यको चक्रव्यूहमा प्रवेश गरेको व्यक्ति चाहे पुरातन शङ्कराचार्य हुन्, चाहे आधुनिक युगका क्वान्टम वैज्ञानिक सबैको निष्पत्ति घुमिफिरी द वल्र्ड इज नट रियलमै अभिकेन्द्रित हुन आइपुग्छ । शङ्कराचार्यले आँखा चिम्लेर निकालेको निष्पत्ति ब्रह्म सत्यम जगत मिथ्या कोटिको अभिव्यक्ति वल्र्ड इज ओनली अ काइन्ड अफ सिमुलेसनमा पुग्न विज्ञानलाई भने अर्बौं डालर खर्चेर पार्टिकल एसिलेटर बनाउनुपर्छ ।
कुरा विज्ञानकै गरौँ संसार सिमुलेसन हो, रियल होइन तर केको सिमुलेसन ? कसको सिमुलेसन ?
अविद्याका उपासक जोकोहीका लागि पनि यो चक्रव्यूह अभिमन्युकै नियतिझै साबित हुन्छ । पस यस चक्रव्यूहमा, लडी बस यस चक्रव्यूह सँग र शरीर– मन– आत्मा सबैलाई घाइते बनाउँदै बोध प्राप्त नगरी सिमुलेसनबाट मुक्ति पाऊँ ।
विद्याका सामान्य उपासकलाई भने सहज ज्ञान हुन्छ आध्यात्मिक दृष्टिकोणले यो सिमुलेसन ब्रह्म को हो अथवा वैज्ञानिक दृष्टिकोणले यो सिमुलेसन एनर्जीको स्वरूप र विस्तार हो । तसर्थ असतो मा सद्गमयको औचित्य मात्र कसका लागि हो भन्नु परिरहेन ।
दोस्रो वाक्य लिड मी फ्रम डार्क टू लाइट हे महामुनि याज्ञवल्क्य अब आज्ञा दिनुस् स्टप मोर लाइटिङ यसले जगतको निद्राहरण मात्रै होइन यससम्बन्धी अनेको विकारकै सिर्जना गरी सक्यौ । अति सर्वत्र वर्जते के तपार्इंलाई यो भन्न याज्ञवल्क्य नै आउनुपर्ने ! गुरु नै चाहिने ! म जस्ता गुरुघण्टालको विश्वास गरे हुन्न र ?
तेस्रो वाक्य लिड मी फ्रम डेथ टू इम्मोर्टालिटी बारे बृहत् चर्चा अर्को कुनै निठल्ला चिन्तनमा गरौँला अहिलेलाई यति नै भनौँ आउने ५० वर्षभित्र यो प्रार्थना– चाहना फलिभूत हुन्छ । ५० वर्षपछि विज्ञानले तपाईंलाई मर्न दिँदैन ।
स्रोत ः डाक्टर स्कन्द शुक्ल, बृहदारण्यक उपनिषद्, विकीपीडिया https://www . sleepassociation.org/लगायत अन्य भर्चुअल माध्यम ।