आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बिग ब्यास लिगः पहिलो खेलको पहिलो ओभरमा नै सन्दीपलाई विकेट (हेर्नुहोस् भिडियो)

शनिबार, १८ पुस २०७७, १४ : २१
शनिबार, १८ पुस २०७७


बिग ब्यास लिगको यो सिजनको पहिलो खेलमा नै सन्दीप लामिछानेलाई सफलता मिलेको छ । आफ्नो पहिलो खेलको पहिलो ओभरमा नै सन्दीपले विकेट लिन सफल भएका हुन् ।

सन्दीपको बलिङमा हिल्टन कार्टराइट बोल्ड भए । उनले ८ रन बनाएर पभिलियन फर्किए । पहिलो ओभरमा सन्दीपले ११ रन खर्चिए ।

यस सिजन सन्दीप होबार्ट हरिकेन्सबाट खेलिरहेका छन् । आजको खेलमा उनले आफ्नो पूर्व क्लब मेलबर्न स्टार्सको सामना गरिरहेका छन् । होबार्टले मेलबर्नका सामु १६५ रनको लक्ष्य प्रस्तुत गरिरहेको छ ।

 होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका शुरुआतका छ खेल गुमाएका थिए । नेपालमै छँदै कोरोनाबाट सङ्क्रमित भएका कारण लामिछानेलाई बिगबास लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो ।

अस्ट्रेलिया पुगेर चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल खेल्न पाएका हुन् । उनी बुधबार क्वारेन्टाइन मुक्त भएका थिए। हालसम्म खेलेका छ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हारका साथ आठ टोली सम्मिलित बिगबासको तेस्रो स्थानमा रहेको छ ।

उनले तेस्रो पटक बिगबास लिग खेल्न लागेका हुन् । लामिछानेले यसअघि दुई यामको बिगबास मेलवर्न स्टार्सबाट खेलेका थिए । ती दुई याममा उनले कूल २० खेल खेल्दै २६ विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप