संविधान
बुधबार, २२ पुस २०७७, ०३ : ०९
यो पुस्तकको मृत्यु भइसकेको छ
तपाईं यो नपढ्नुस्
यसका शब्द शब्दमा मृत्युको ठिहिरो छ
र एक एक पृष्ठ
जिन्दगीको अन्तिम क्षणझैं भयानक छ ।
जब यो पुस्तक लेखिएको थियो
तब म एउटा जनावर थिएँ
हो, निदाइरहेको पशु...
म उठेर
मानिस बन्न थाल्दासम्ममा
यो पुस्तक मरिसकेको थियो
अब यो पुस्तक पढ्नुभयो भने
तपाईं पनि जनावर बन्नुहुनेछ
हो, निदाइरहेको पशु ।
अनुवाद : राजेन्द्र महर्जन . Title Photo: https://lh3.googleusercontent.com