आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कस्तो होला कविताको डेब्यु फिल्म ?

बुधबार, २२ पुस २०७७, ११ : ४६
बुधबार, २२ पुस २०७७


काठमाडौं । अचेल कलाकारका सन्तान अभिनयमा देखिनु सामान्य भैसकेको छ । किनभने थुप्रै कलाकार सन्तान अभिनयमा भित्रिएका छन् । ति मध्य कतिले आफ्नो पहिचान बनाएका छन्, कति त्यसै हराएका छन् ।

यस्तैमा सदावहार अभिनेत्री करिष्मा मानन्धरकी छोरी कविता मानन्धर पनि अभिनयमा देखिदैछिन् फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत् । फिल्म माघ १ गतेबाट प्रर्दनशमा आउँदैछ ।

मङ्गलबार फिल्मको शीर्ष गीतसमेत सार्वजनिक भएको थियो । जसमा कविता र अभिनेता शक्ति श्रेष्ठको रोमान्स देख्न सकिन्थ्यो । कार्यक्रममा भने शिव श्रेष्ठबाहेकका कलाकार कोही पनि देखिएका थिएनन् ।

यो फिल्म अभिनय अगाडि करिष्मा आफैले निर्देशन गरेर कवितालाई डेब्यु गराउने बताएकी थिइन् । तर त्यो कुरो त्यतिकै सेलाएको थियो ।

हुन त अहिले कोरोनाको कहर छ । फिल्म हलमा दर्शक  देखिएका छैनन् । यस्तो अवस्थामा पनि फिल्म रिलिज गरेर लगानीको जोखिम मोल्न तयार देखिएका छन् निर्माता समेत रहेका कलाकार शिव श्रेष्ठ ।

फिल्म रिलिजसँग लगानी मात्र होइन । डेब्यु कलाकारको भविष्य समेत जोडिएको हुन्छ । त्यसैले यो फिल्म कस्तो हुने हो भन्ने चिन्ता अहिले यसैबाट डेब्यु गर्न लागेकी कवितामा पनि छ ।

दिपेश सापकोटाको निर्देशन रहेको फिल्ममा प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला र नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप