आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अम्बाको पातबाट निको हुन्छ यस्ता रोग

शुक्रबार, १६ माघ २०७७, १२ : ३०
शुक्रबार, १६ माघ २०७७

काठमाडौँ । फलफूल खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । फलफूलमध्ये अम्बा पनि धेरैलाई मनपर्ने फलमा पर्छ । यसको सेवनले शरीरलाई फाइदा पुर्याउँछ । यसको फल मात्र होइन अम्बाको पातको सेवनले पनि शरीरमा हुने विभिन्न समस्याबाट छुटकारा पाइन्छ । 

औषधिय गुण हुने भएकाले अम्बाको पातले स्वास्थ्यमा धेरै लाभ पुर्याउँछ । यसले सामान्यताः मधुमेह, पखाला, दाँतको दुखाई, कोलेस्ट्रोल, रुघाखोकी जस्ता रोगको उपचार गराउँछ । अम्बाको पातमा एन्टी ब्याक्टेरियल, एन्टि इन्फ्लामेटरी र एन्टिअक्सिडेन्ट जस्ता गुणहरु हुने भएकाले यसले स्वास्थ्यमा विभिन्न समस्या हुनबाट समेत बचाउँछ । 

मधुमेह
अम्बाको सेवनले मधुमेहका रोगीहरुलाई निकै फाइदा पुर्याउँछ । यसको पातको सेवनले मधुमेहको बिरामीको रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । चिकित्सकहरुले मधुमेहका रोगीलाई अम्बाको साथसाथै अम्बाको पातको चिया पिउन सुझाव दिने गर्छन् । 

मुख गन्हाउने समस्या 
अम्बाको पातले मुख गन्हाउने समस्या कम गराउँछ । अम्बाको पातको नियमित सेवनले मुख गन्हाउने समस्या कम गराउँछ । यसैगरी, अनुहारमा अम्बाको पातको लेप लगाउँदा अनुहारमा आउने विभिन्न प्रकारका दागधब्बा कम गर्छ ।

चिसोमा लाग्ने रोगबाट बच्न 
अम्बाको पातमा भिटामिन सी पाइन्छ । यसले शरीरलाई रोग प्रतिरोधी क्षमता बढाउँन मद्दत गर्छ । अम्बाको पात उमालेर पानी पिउँदा घाँटी र फोक्सो समेत सफा राख्न मद्दत गर्छ । 

कोलेस्ट्रोल कम गर्न
अम्बाको पातमा भिटामिन, प्रोटिन र खनिज पाइने भएकाले यसमा हुने फाइबरले शरीरमा कोलेस्ट्रोल बढ्ने समस्या कम गर्छ ।

दाँतको दुखाई
दाँत दुख्ने समस्या भएकाहरुले अम्बाको पात चपाउने गर्नुपर्छ । यसले दाँत दुख्ने समस्या कम गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप