आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस नेता महरद्वारा म्यानमा घटनाको निन्दा

सोमबार, १९ माघ २०७७, १३ : ३४
सोमबार, १९ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले म्यानमामा प्रजातन्त्रवादी नेतृ आङ सान सूचीसहित अन्य राजनीतिक नेताहरुलाई नियन्त्रणमा लिइएको घटना निन्दनीय भएको बताएका छन् । स्कुल अफ डेमोक्रेसीद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेता महरले भने, ‘लोकतान्त्रिक पद्धति र संविधानवादको संरक्षणका लागि नेपाली काँग्रेसलगायत  जनतासमेत सङ्घर्षरत रहेकै बेला  नेतृ सूचीसँगै थुप्रै राजनीतिक नेताहरु गिरफ्तार गरिएको घटना निन्दनीय र खेदजनक रहेको छ ।’

विश्वको प्रजातान्त्रिक प्रणालीलाई अतिवादको बाछिटामार्फत तहसनहस पार्न भइरहेका सबैखाले घटना र परिघटनाको विरोधमा भएकासमेत नेता महरले उल्लेख गरे । उनले लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि हाम्रो सङ्घर्ष अविचलित र थकितरहित रहने बताए । सोमबार बिहान निर्वाचन परिणाम सार्वजनिक भएपछि पहिलो संसद् बैठकअघि म्यानमाको सेनाले सू चीसहितका नेताहरुलाई नियन्त्रणमा लिएको छ भने एक वर्षका लागि सत्ता कब्जाको घोषणा गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप