आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उत्तराखण्डको हिमनदी विष्फोटपछि आएको बाढीमा २ जनाको शव भेटियो (अपडेट)

आइतबार, २५ माघ २०७७, १७ : २०
आइतबार, २५ माघ २०७७

एजेन्सी । भारतको उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीमा २ जनाको शव भेटिएको छ । उत्तराखण्डको चमोली जिल्लामापर्ने हिमनदी फुट्दा स्थानीय धौलीगंगा नदीमा भीषण बाढी आएको छ । बाढीमा परेर ऋषीगंगा हाइड्रोपावरमा निकै ठूलो क्षति भएको अनुमान गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार हाइड्रोपावरमा काम गर्ने १५० भन्दा बढी मजदूरहरु बेपत्ता आशंका गरिएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिदेव सिंह रावतले  ट्वीटरमार्फत उद्दारका लागि जिल्ला प्रशासन कार्यालय, प्रहरी विभाग र विपत व्यवस्थापन कार्यालहरुलाई तत्काल खट्न आदेश दिइएको बताएका छन् । अहिले उद्दारको काम जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप