आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विद्युत प्राधिकरणको कार्यकारी निर्देशक शाक्यलाई बनाउने सरकारको निर्णय

मङ्गलबार, २७ माघ २०७७, २३ : ३४
मङ्गलबार, २७ माघ २०७७

नेपाल विद्युत प्राधिकरणमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने सरकारले निर्णय गरेको छ । कायम मुकायम रहेका हितेन्द्रदेव शाक्यलाई नै सरकारले कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को  माघ २६ गते  बसेको बैठकले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ । यसअघि करिब ४ वर्ष उनले एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध निर्देशक रहेर जिम्मेवारी सम्हालेका थिए ।

झन्डै ३ दशक अनुभव भएका  शाक्यलाई प्राधिकरण तथा ऊर्जा क्षेत्रमा सक्षम व्यक्तिको रुपमा लिइन्छ ।

यस अघि सरकारले कुलमान घिसिङलाई २०७३ भदौ २९ गते कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो । उनी ४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २८ गते बाहिरिएका थिए । लोडसेडिङ अन्त्य गरेको भन्दै आम जनताले घिसिङको प्रशंसा गर्छन् ।

शाक्यलाई कुलमानको सेलिब्रेटी स्टयाटसको चुनौती छ । यद्यपि उनले आफुले सकेसम्म प्राधिकरणलाई माथि उठाउँने गरी काम गर्ने र लोडसेडिङ हुनै नदिने रातोपाटीसँगकै अन्तरवार्तामा भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप