बदनियतपूर्ण ढंगले गरिएका सबै नियुक्ति तत्काल खारेज गरिनुपर्छः शेखर कोइराला
बिहीबार, २९ माघ २०७७, १७ : ०५
काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले असंवैधानिक र बदनियपूर्ण ढंगले गरिएका संवैधानिक नियुक्ति तत्काल खारेज गर्न माग गरेका छन् । नेता कोइरालाले ती नियुक्ति काँग्रेसलाई कदापी स्वीकार्य नहुने बताउँदै तत्काल खारेज गर्न माग गरेका हुन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत नेता कोइरालाले भनेका छन्ः ‘असंवैधानिक र बदनियतपूर्ण तरिकाले गरिएका संवैधानिक नियक्तिहरु काँग्रेसलाई कदापी स्वीकार्य हुनेछैन । सबै नियुक्ति तत्काल खारेज गरिनुपर्छ ।’