आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सेयरमा लगानी गर्न के-के कुरामा ध्यान दिने ?

घरखेत नै बेचेर सेयरमा हाल्ने काम नगरौँ :  डा. केशव श्रेष्ठ
आइतबार, ०९ फागुन २०७७, ०९ : ३५
आइतबार, ०९ फागुन २०७७

सेयर बजारप्रति आम मानिसको चासो बढ्दै गएको छ । पछिल्लो समय बजारले कीर्तिमान पनि कायम गरिरहेको छ । चन्द्रागिरि हिल्स र नेपाल इन्फ्रास्टक्चर बैङ्कको आईपीओले मानिसहरुको ध्यान सेयर बजारमा खिच्न मदत पुगेको छ । अहिले सार्वजनिक स्थल, घर, कार्यालय जहाँतहीँ सेयर बजारकै चर्चा छ, त्यसमा पनि आईपीओको चर्चा अझ बढी सुनिन्छ । नयाँ लगानीकर्ता बजार प्रवेश गरिरहेका छन् । कतिपय बुझेर त कतिपय लहैलहैमा लगानी गर्ने पनि छन् । अहिलेको अवस्था सेयर बजार प्रवेशको सही अवस्था हो वा होइन, बजार प्रवेश गर्दा केके कुरामा ध्यान दिने, लगानीको सुरक्षित क्षेत्र कुन हो भनेर हामीले सेयरका जानकार डा. केशव श्रेष्ठसँग कुराकानी गरेका छौँ । रातोपाटीका लागि एलिजा उप्रेतीले गरेको कुराकानीको अंश :

पछिल्लो समय सेयर बजारले नयाँ कीर्तिमान बनाउँदै गएको छ । यसले आगामी दिनको बजारलाई  कस्तो सङ्केत गर्छ ?

सेयर बजारमा आम मानिसको चासो बढ्दै गएको छ । जस्तै डिम्याट लिनेको सङ्ख्या २५ लाखभन्दा बढी नाघिसकेको छ । यसले सेयर बजारप्रति सामान्य मानिसको चासो बढेको देखिन्छ । यो आपैmमा राम्रो कुरा हो । यति भन्दै गर्दा सेयर बजार आफैमा जोखिम क्षेत्र पनि हो । जो नयाँ लगानीकर्ता हुनुहुन्छ उहाँहरुले सेयर बजारसम्बन्धी शिक्षा लिएर दक्ष हुनुपर्ने देखिन्छ ।

अहिलेको अवस्थालाई टेक्निकल बुल भन्छु म । किनभने अहिले अर्थतन्त्रका आायममा खासै ठूलो परिवर्तन भएको छैन । धेरै सुधार पनि भएको छैन तर त्यति हुँदाहुँदै पनि कोभिडको कारणले रियल सेक्टर अगाडि आउन नसक्नु, रियल सेक्टरका बन्दै जानु आदि कारणले मानिसको सेयर बजारमा चाप बढेको हो ।

वृद्धि आफैमा राम्रो हो तर यो वृद्धिले सेयर बजार कतातिर लैजाला ?

सेयर बजारमा बुलिस दुई कारणले आउँछ । एउटा अस्थायी बुलिस जसलाई टेक्निकल्ली बुलिस अर्थात् प्राविधिक बुलिस पनि भनिन्छ । तरलता बढी भएर भएर, ब्याजदर कम भएर, सेयर मार्जिन कर्जा बढी प्रवाह भएर र छिटो छिटो नाफा लिन मार्केटको साइकोलोजीको हिसाबले बढ्ने कुरा हो भने अर्को सेयर बजारलाई अर्थतन्त्रको ऐन मानिन्छ । यो अर्थतन्त्रको ब्यारोमिटर हो ।  यसमा फन्डामेन्टल कुराहरु जीडीपी बढ्नुपर्यो, प्रतिव्यक्ति आय बढ्नुपर्यो । यस्ता कुरा बढ्दै गएर रियल सेक्टरका कम्पनी पनि बढ्दै गयो भने बल्ल त्यस बुलले स्थायित्व पाउँछ र इकोनोमी सँगसँगै सेयर बजार पनि माथि जान्छ ।

अहिलेको अवस्थालाई टेक्निकल बुल भन्छु म । किनभने अहिले अर्थतन्त्रका आायममा खासै ठूलो परिवर्तन भएको छैन । धेरै सुधार पनि भएको छैन तर त्यति हुँदाहुँदै पनि कोभिडको कारणले रियल सेक्टर अगाडि आउन नसक्नु, रियल सेक्टरका बन्दै जानु आदि कारणले मानिसको सेयर बजारमा चाप बढेको हो । सधँैभरि यतिकै बढ्छ भन्ने छैन । तर यो एउटा अवसर हो । सरकार र नियामक निकायले रियल सेक्टरतिर आकर्षण गराउन सक्यो अथवा सेयर बजार रियल सेक्टरमुखी बनाउन सकियो भने यसले एउटा फाउन्डेसको काम गर्छ । अझै २७/२८ सय विन्दुसम्म पुग्छ भन्ने मेरो अनुमान हो । त्यसपछि सस्टेन गर्न गाह्रो हुन्छ ।

अहिलेको बुल स्थायित्व होइन तर अझै तीन चार वर्ष बढ्छ पनि भन्दै हुनुहुन्छ । यसले एउटा साइकल पूरा गरेको छ । अब यसको यात्रा कतातिरको हो ?

साइकल यतिकै आउने र जाने हुँदैन । साइकललाई कसरी बुझ्नुपर्छ भने अर्थतन्त्रमा हरेक ५, ६ वर्षमा कुनै एउटामा बुम आउँछ र त्यो सेक्टरले अर्थतन्त्रलाई लिड गर्छ । अर्थतन्त्रको त्यो कम्पोनेन्ट उच्च विन्दुमा पुगेपछि सेलाउन थाल्छ । फेरि अर्थतन्त्र लिड गर्न अरू कुनै कम्पोनेन्ट आउनुपर्ने हुन्छ । यसको रिफ्लेक्सन सेयर बजारमा पर्ने भएकाले ५, ६ वर्षमा साइकल आउँछ भनिएको हो । यदि अर्थतन्त्रको पाटो कमजोर हुँदै गयो भने ५ वर्षमा नभई १० वर्षमा पनि आउन सक्छ । किनकि अर्थतन्त्र त चलायमान हुन्छ । अहिलेको हिसाबले हेर्दा ५, ६ वर्षको वियरिस साइकल ब्यहोरिसकेको र अर्थतन्त्रमै पनि बुम आउने बेला भइसेको हो तर कोभिडपछि अर्थतन्त्र कम्तीमा बुम नभए पनि ऋणात्मकमा भने जाँदैन । अर्को कुरा नेपालका मानिसहरु परिश्रमी छन् अथवा राम्रोसँग काम गर्छन् भन्नुस्, जसले गर्दा कोरोना कहरको बेलामा पनि हाम्रो अर्थतन्त्र ऋणात्मक भएन । अहिले राम्रो सम्भावना देखिएको छ । त्यसलाई सस्टेन गरेर लैजान सकियो भने हामीले २, ३ वर्ष बुल विस्तारै हुन्छ, ह्वात्तै हँुदैन ।

अहिले बजार पुँजीकरण जीडीपीकै हाराहारीमा पुगेको छ, यसलाई कसरी लिने ?

यो एक दम राम्रो अवस्था हो कुल गार्हस्थ उत्पादन (जीडीपी) भन्दा मार्केट क्यापिटलाइजेसन अझै बढी हुनुपर्छ । जीडीपी वर्षभरि कति कमायो भन्ने हुन्छ भने सेयर बजारमा बेलुनिङ पनि भइरहेको हुन्छ । मार्केट साइकोलोजीले पनि अझ बढी प्राइसिङ गर्ने बेला हो । जीडीपीकै हाराहारीमा पुग्नु राम्रो हो । तर बजार टिकाउन सकिएन भने मार्केट खर्बौं रुपैयाँले पनि घट्न सक्छ । अल टाइम हाई रेकर्ड बनाउँदै गर्दा अल टाइम डाउन पनि भयो केही दिन । जीडीपीमा ह्वात्त उछाल आउने  र ह्वात्त ओरालो लाग्ने  हुँदैन ।

फलानाले कमायो भन्दै लहैलहैमा लाग्नु हुँदैन । अथवा नबुझेर पनि बजार पसिसक्नुभएको छ भने पनि पढ्नुहोस् । केही बिग्रेको छैन । तर यस्तो नगरिदिनुस कि घरखेत नै बेचेर ल्याएर सेयरमा हाल्ने, महँगो ब्याजमा ऋण लिएर सेयरमा हाल्ने काम बन्द गरौँ ।

बजार बढिरहेकै बेला नयाँ लगानीकर्ता सेयर बजार प्रवेश गर्न चाहिरहेका हुन्छन् । जसलाई केही थाहा छैन तर लहैलहैमा बजार प्रवेश गरिरहेका पनि छन् । अहिले बजार प्रवेशको सही समय हो वा होइन ?

सेयर बजार प्रवेशका लागि जुनसुकै समय पनि सही समय हो । २९२ हुँदा पनि बजार प्रवेश गरेकै थिए । १८ सय उच्च विन्दु हुँदा पनि बजार प्रवेश गरिरहेकै थिए । सेयर बजार प्रवेश गर्न कुनै निश्चित योग्यता चाहिँदैन । जसले पनि लगानी गर्न सक्छ । चाहे साइड कामको हिसाबले होस् चाहे फुल टाइमका हिसाबले । तर कुरोको चुरो के हो भने प्रवेश गर्नुभन्दा अगाडि केके पूर्वतयारी गर्ने जानकारी राख्नुपर्छ । सेयर बजारमा प्रवेश गर्नेले कम्तीमा बजारमा नेपालीमा किताब पाइन्छ, अध्ययन गर्ने, तालिम लिने, सेयर बजार के हो, के होइन भन्ने जानकारी लिनुपर्छ । बेसिक कम्पोनेन्ट नै थाहा नपाई बजार प्रवेश गर्नु हुँदैन ।

फलानाले कमायो भन्दै लहैलहैमा लाग्नु हुँदैन । अथवा नबुझेर पनि बजार पसिसक्नुभएको छ भने पनि पढ्नुहोस् । केही बिग्रेको छैन । तर यस्तो नगरिदिनुस कि घरखेत नै बेचेर ल्याएर सेयरमा हाल्ने, महँगो ब्याजमा ऋण लिएर सेयरमा हाल्ने काम बन्द गरौँ । कतिपयले त सेयर बजारमा हालेको पैसा डुब्दैन पनि भन्छन् । तर त्यसो होइन । यो शतप्रतिशत कमाउने क्षेत्र हो गुमाउने होइन भनेर आएका पनि देखेका छौँ । बुझेर मात्र बजार प्रवेश गर्नु उचित हुन्छ । सक्नुहुन्छ भनेर बुझेर पस्नुस्, यदि पसिसकेको छ भने अब पनि बुझ्नुस् । तर पनि सेयर बजारमा ३ करोड नै नेपाली पस्नुपर्छ भन्छु म ।

बेसिक कम्पोनेन्टमा एक दुई कम्पोनेन्ट भनिदिनुस् जुन सुरुवाती चरणमा बजार प्रवेश गर्दा छुटाउनु नै हुँदैन ?

जस्तै सेयर भनेको के हो, बोनस सेयर भनेको के हो ? लाभांश कस्तो हुन्छ, हकप्रद के हो र कसका लागि हो ? मेरो सेयर, डिम्याट अकाउन्ट, अनलाइन ट्रेडिङ  भन्ने कस्तो हो भन्ने बुझ्नु जरुरी छ । ब्रोकरको सदस्य कसरी बन्ने भन्ने जानकारी हुन जरुरी छ । क्लोज आउटमा परियो भने मलाई कसरी जरिवाना लाग्छ, कसरी घाटा हुन्छ अथवा नाफा हुन्छ ? अनलाइन ट्रेडिङ गर्दा ट्रयापहरु केके फाल्छन् ? खेलाडीले कसरी खेल्न खोज्छन्, साना लगानीकर्ताको मेजर मनीसँग ठूला लगनानीकर्ताले कसरी ट्रयापमा राख्छन् भन्ने जानकारी हुनु आवश्यक छ ।

यसमा पनि खेर जाने सम्भावना हुन्छ तर न्यून । लगानी खेर जादैन भन्ने ८०, ९० प्रतिशतसम्म सही हो । किनभने सय रुपैयाँमा किनेको सेयर त्योभन्दा पनि घट्यो भने दुर्भाग्य नै हो । जस्तै आईपीओ हालेको केही कम्पनी अहिले अस्तित्वमै छैनन् । अथवा कुनै एउटा समय थियो जलविद्युत्को सेयर मूल्य सय रुपैयाँभन्दा कम भएको ।

यति जानेपछि भए जति सबै रकम लगानी गर्नुपर्छ भन्ने होइन सुरुमा थोरै थोरै लगानी गर्ने र विस्तारै बुझेर लगानी बढाउँदै जाने गर्नुपर्छ ।  सेयर बजार प्रवेशमा कहिले पनि ढिलो हुँदैन । पहिला आईपीओबाटै लगानी गर्न सुरु गर्नुहोस् । थोरै पैसाबाट संयम राख्दै लगानी गर्यो भने हुन्छ । त्यसपछि लगानी गर्दै जाँदा सिक्दै जाने हो ।

जस्तोसुकै कम्पनीको आईपीओमा लगानी गर्दा खेर जाने सम्भावना रहँदैन ?

त्यस्तो पनि होइन । यसमा पनि खेर जाने सम्भावना हुन्छ तर न्यून । लगानी खेर जादैन भन्ने ८०, ९० प्रतिशतसम्म सही हो । किनभने सय रुपैयाँमा किनेको सेयर त्योभन्दा पनि घट्यो भने दुर्भाग्य नै हो । जस्तै आईपीओ हालेको केही कम्पनी अहिले अस्तित्वमै छैनन् । अथवा कुनै एउटा समय थियो जलविद्युत्को सेयर मूल्य सय रुपैयाँभन्दा कम भएको । बियरिसको बेलामा यस्तो अवस्था आउन सक्छ । तर पोर्टफोलियो व्यवस्थापन गर्दा आईपीओ २० वटा कम्पनीको हाल्दा दुई तीनवटा त्यस्तो हुन सक्छ । तर बाँकी रहेको कम्पनीले तानिहाल्छ ।

आईपीओका लागि कम्पनी छनोट गर्दा सामान्य लगानीकर्ताले केके कुरालाई आधार मान्ने ?

काम गरिरहेको कम्पनी छ, बजारमा राम्रो सेवा दिइरहेको छ अथवा उत्पादन बेचिरहेको छ भने त्यति धेरै विश्लेषण गरिरहनु पर्दैन । ढुक्क भएर लगानी गर्दा हुन्छ । तर जलविद्युत जस्तो रियल सेक्टरको कम्पनीमा जहाँ स्थानीयलाई सेयर दिइरहेको हुन्छ र पछि सर्वसाधारणलाई पनि दिन्छ । त्यो कुन स्टेजमा छ भन्ने बुझ्नु जरुरी छ । बैङ्क तथा वित्तीय संस्थाको आईपीओ किन्नुहुन्छ भने भोलिबाटै ब्याज लगानी गरेर कमाउन थाल्छ र लाभांश दिन्छ । तर जलविद्युत्को लाभांश खान समय लाग्छ । उसले शून्यबाट काम गरेको हुन्छ । निर्माण कार्य सकिएपछि विद्युत् बेच्न थालेपछि तीव्र गतिमा दिने हो । जुनमा लगानी गर्छौं, त्यसले कहिलेबाट प्रतिफल दिन्छ त्यसलाई बुझ्नुपर्छ ।

दोस्रो बजारमा लगानी गर्दा केके कुरामा ध्यान दिने ?

यसमा २५० हाराहरीका कम्पनी  सूचीकृत छन् । फन्डामेन्टल र प्राविधिक विश्लेषण गर्न जान्नु भएन भने बजार प्रवेश नगर्नुस् । मानिलिनुस् उसले् पाँचवटा कम्पनीको विश्लेषण गरेर लगानी गर्ने निर्णय लियो भने बाँकी २४५ कम्पनी त्योभन्दा बढी राम्रो पनि हुनसक्छ । नराम्रो पनि हुन सक्छ । यदि दोस्रो बजारबाट कमउने हो भने समग्रतामा विश्लेषण गर्न जान्नुपर्छ ।

शतप्रतिशत कानुनी र सुरक्षित उत्पादनहरु जस्तो मुद्दती निक्षेप, बिमा र सेयर बजार । सेयर बजारमा एकदमै जोखिम कम भएको क्षेत्र आईपीओलाई मान्छौँ ।

सेयर, बन्ड, म्युचुअल फन्ड, इक्विटी, डिबेन्चरमध्ये कुन चाहिँ लगानीको हिसाबले बढी सुरक्षित र फाइदाजन छ ?

बन्ड सरकारले जारी गर्ने भयो । त्यसमा निश्चित प्रतिशत ब्याज हुन्छ । त्यसको लगानी डुब्दैन । डिबेन्चरमा पनि सुरक्षित हुन्छ । कर्पोरेट ऋणपत्र बैङ्कले निकालिरहेका छन् । यसमा पनि निश्चित समय र ब्याज हुन्छ । तर धेरै पैसा कमाउँन सकिँदैन ।  तपाईंको लगानी पनि वृद्धि गर्नुछ र लाभांश पनि पाउनुछ अथवा दुवै हातमा लड्डु चाहिएको छ भने सेयर बजार नै हो लगानी गर्ने ठाउँ । यसमा प्रतिफल र जोखिम सँगसँगै हुन्छ ।

तपाईंले धेरै छलफल चलाइरहेको विषय हाइब्रिड लगानी कसरी गर्ने ?

शतप्रतिशत कानुनी र सुरक्षित उत्पादनहरु जस्तो मुद्दती निक्षेप, बिमा र सेयर बजार । सेयर बजारमा एकदमै जोखिम कम भएको क्षेत्र आईपीओलाई मान्छौँ । यी तीनवटा क्षेत्रलाई हामीले ब्लेन्डिङ गरेका छाँै । यो पैसाको शक्तिले कम्पाउन्डिङ गर्ने उत्पादन हो । यसले यति ठूलो नतिजा दिन्छ सोच्न पनि सक्तैनौँ । एउटा सिस्टममा अथवा फ्रेममा मनीको पावरलाई एकचोटि गरेको लगानीलाई पटक पटक त्यही बिजनेसमा प्रयोग गरेर मान्छेले एकदमै कम काम गर्ने र पैसालाई एकदमै धेरै काम गराउने हो ।

मनीको कम्पाउन्डिङ पावरलाई प्रयोग गरेर अहिले एक लाख लगानी गर्नुहुन्छ भने १५ वर्षपछि १० लाख सुनिश्चित छ । हामीले हाइब्रिड इन्भेस्टमेन्ट तालिम चलाइरहेका छौँ । मेरो एउटा कम्पनीले नेपाल सरकारसँग कपिराइट पनि लिएको छ । जम्बो पेन्सन प्लानका लागि सहकारी संस्थाहरुले प्रोडक्ट पनि बनाउन थालेका छन् । सरकारी जागिर हुँदा पेन्सन पाइन्छ । तर अहिले सरकारले पनि सक्छ कि सक्तैन भनेर पुनर्विचार गर्दैछ । हामीले आफ्नो पेन्सन आफै सिर्जना गर्न सक्छौँ । तीन जनाको नाममा ३, ३ लाख राख्नुभयो भने १५ वर्ष पछाडि एक जनाले ३० लाख रुपैयाँ पाउनुहुन्छ । आफ्नो पेन्सन आफैले सिर्जना गर्न सकिन्छ । त्यसमा जम्बो पेन्सन ।

सेयर बजार र बैङ्कको ब्याजदरबीच इन्भर्स सम्बन्ध हुन्छ । नियामक निकायको जिम्मेवारी नै सर्वसाधारणको रकमको सुरक्षा गर्नु पनि हो । हामी लगानीकर्ताले त्यति धेरै आत्तिनुपर्ने अवस्था छैन । सस्तोमा सेयर पाए भनेर जथाभावी ऋण लिएर हाल्नु पनि हुँदैन । सेयरमा लगानी गर्छु भनेर आउँछ भने त्यसलाई उसले म्यानेज गर्न सक्नुपर्छ ।

तपईंको एउटा गाइडबुक पनि छ, शून्यबाट करोडपति बन्ने । कसरी हुने शून्यबाट करोडपति ?

यो जम्बो पेन्सन प्लानको गाइडबुक हो । मानौँ तपाईंलाई यो पेन्सन निकै चित्त बुझ्यो भने लगानी गर्न सुरुमा पैसा त चाहिन्छ नि ? तपाईं शून्य अवस्थामा हुनुहुन्छ भने तपाईंले चिन्ता गर्नुपर्दैन । तपाईंले नियमित आम्दानी गर्नुभएको छ भने १, २ लाख रुपैयाँ ऋणमै लिएर लगानी गरेर पनि यो स्किम सुरु गर्न सकिन्छ । जुन सहकारी  संस्थाले स्किम ल्याएका छन् उनीहरुले बिना धितो नै यो ऋण दिएका छन् । यो शून्यबाट सुरु गर्न सकिन्छ र करोडपति बन्न सकिन्छ भन्ने हो ।

पछिल्लो समय बैङ्कमा तरलता कम हुँदै गएको छ र ब्याजदर बढ्ने सङ्केत देखिन्छ यसले सेयर बजारमा कस्तो असर पर्ला ?

सेयर बजार र बैङ्कको ब्याजदरबीच इन्भर्स सम्बन्ध हुन्छ । नियामक निकायको जिम्मेवारी नै सर्वसाधारणको रकमको सुरक्षा गर्नु पनि हो । हामी लगानीकर्ताले त्यति धेरै आत्तिनुपर्ने अवस्था छैन । सस्तोमा सेयर पाए भनेर जथाभावी ऋण लिएर हाल्नु पनि हुँदैन । सेयरमा लगानी गर्छु भनेर आउँछ भने त्यसलाई उसले म्यानेज गर्न सक्नुपर्छ । ज्ञान कम भएका लगानीकर्ता बजार प्रवेश गर्दा प्यानिकनेस आउन सक्छ ।

सेयर बजारमा नियामकको भूमिका कस्तो हुनुपर्छ ?

नियामकको असाध्यै ठूलो भूमिका हुन्छ । पुँजीबजारमा काम नभएको भने होइन । ६, ७ वर्ष अगाडिसम्म आईपीओ भर्न लाइन लागेर बस्नुपथ्र्यो । ५ सय, हजार रुपैयाँको लाभांश लिन पूरै दिन खर्चनुपर्ने अवस्थाको अन्त्य भएको छ । अनलाइनबाटै सेयर भर्छौं, बैङ्क खातामै लाभांश आउँछ । तर पूर्ण रूपमा सन्तुष्ट भएर बस्नुपर्छ भन्ने होइन । अझ धेरै काम बाँकी छ । पुँजी बजारका धेरै उपकरण ल्याउन बाँकी छ । हामीकहाँ इन्ट्रा डे ट्रेडिङ सिस्टम छैन । डेरिभेटिभ मार्केट कानुनी हो कि गैरकानुनी हो, अझै थाहा छैन । एड्भान्स ट्रेडिक ल्याउन बाँकी छ । केही गर्न नसके पनि हामीले इन्डेक्स ड्रेडिङ पनि सुरु गर्न सक्छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप