निजगढका १९ वर्षीय किशोरको हत्या : सीसीटिभी फुटेजको आधारमा आरोपी रौतहटबाट पक्राउ
रौतहट । रौतहटको सिमानासँगै जोडिएको बाराको निजगढमा १७ वर्षीय किशोरको हत्या गर्नेलाई प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट पक्राउ गरेको छ । निजगढ नगरपालिका–९ घर भएका १९ वषीय रोहित शर्माको सोमबार राति आफ्नै घरमा घांटी रेटी हत्या भएको थियो । हत्यामा संलग्न रहेका रौतहटको चन्द्रपुर नगरपालिका वडा. नम्र ४ मा पान पसल गरेर बस्ने मक्करे भन्ने ३० वर्षका अरुण कुमार साहलाई मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
मृतक शर्मा हत्या गरेर उनको घरबाट साह मङ्गलबार बिहान साढे चार बजेको समयमा मोटरसाइकलमा निस्केको सीसीटिभी फुटेजमा देखिएपछि निजगढ प्रहरी बिहानै चन्द्रनिगाहपुर आएको थियो । हत्यामा संलग्न साहलाई उनकै पान पसलबाट पक्राउ गरिएको र उनले हत्या आफैले गरेको स्वीकार गरेको ईलाका प्रहरी कार्यलय निजगढका प्रमुख ईन्स्पेक्टर विकास थपलियाले जानकारी दिएकाछन् ।
जिल्ला प्रहरी कार्यलय बाराका प्रवक्ता डिएसपी गौतम मिश्र सहितको टोलीले साहको पसलबाट हत्यामा प्रयोग भएको चक्कु, रगतले ओतपोत भएको कपडा र मोटरसाइकलसहित साहलाई पक्राउ गरेको हो । हत्याको कारणको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय बाराका प्रवक्ता गौतम मिश्रले रातोपाटीलाई जानकारी दिए ।