आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा माधव नेपाल पक्षले भन्यो– हाम्रो समर्थन कायमै छ

बुधबार, ०४ चैत २०७७, १६ : १०
बुधबार, ०४ चैत २०७७

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक  मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ओली पक्षले गरेको निर्णयप्रति आफुहरुको (माधव पक्षको) ध्यानाकर्षण भएको बताएका छन् । नेकपा एमाले (ओली) पक्षले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै सोही पार्टीका माधव पक्षका नेता समेत रहेका उनले सो निर्णयप्रति आफुहरुको ध्यानाकर्षण भएको जनाएका हुन् ।

बुधबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन्- ‘यस्तो गुटगत बैठक प्रचलित कानुन, विधि र प्रक्रिया सम्मत नभएको प्रष्ट पार्न चाहन्छौ’ ज्वालाले औपचारिक सूचना नदिई बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरु प्रति आफुहरुको असहमति रहेको बताएका छन् ।  उनले यो निर्णय नेकपा (एमाले) प्रदेशसभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउँदै भनेका छन्, ‘कर्णाली प्रदेश सरकारप्रति नेकपा (एमाले) प्रदेश सभा दलको समर्थन कायमै रहेको समेत अवगत गराउँदछौ ।’

बुधबार दिउँसो सर्वदलीय बैठक बसी ओली पक्षले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।  जसमा एमालेका २० सांसदमध्ये १० जना मात्र सहभागी थिए । सहभागीमध्ये माधव पक्षका सांसद पद्मा खड्का र केही समयअघि माधव पक्षमा आएका तर, पुन ओली समूहमा नै फर्किएका सांसद पदमबहादुर रोकाया पनि सहभागी थिए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप