नबिल बैङ्कको व्यक्तिगत मुद्दति खातामा वार्षिक ७.५१ प्रतिशतको ब्याजदर
बिहीबार, ०५ चैत २०७७, १० : २४
नबिल बैङ्कले व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको छ । बैङ्कले आफ्नो व्यक्तिगत मुद्दती खाताको ब्याजदरलाई बढाएर ७.५१ प्रतिशत पुर्याएको छ, जुन ६ महिनाभन्दा माथिको व्यक्तिगत मुद्दति खाताहरुमा लागू हुनेछ ।
सन् १९८४ देखि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको यस नबिल बैङ्कका ११९ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको छ ।