आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल र रावललाई गरिएको कारवाहीप्रति युवा संघको आपत्ति

मङ्गलबार, १७ चैत २०७७, २१ : १५
मङ्गलबार, १७ चैत २०७७

काठमाडौं । युवा संघ नेपालले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई पार्टीबाट निलम्बन गरिएको भनिएको घटनाप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । युवा संघ नेपालले आज एक विज्ञप्ति जारी गरी सो घटनाप्रति आपत्ति प्रकट गरेको हो । विज्ञप्तिमा दलाल नोकरशाही पुँजीपति वर्गको आड भरोसा र अवसरवादमा परी कम्युनिष्ट एकतालाई भाँड्ने र विघटनसम्म लैजाने उद्धेश्यले सो घटना गराइएको उल्लेख छ ।

युवा संघ नेपालका अध्यक्ष नरेशकुमार शाहीद्वारा जारी विज्ञप्तिमा उक्त कार्य समाजवाद निर्माणको आधारशीला निर्माण गर्ने प्रतिबद्धता विपरित मुलुकलाई गम्भिर राजनीतिक अस्थिरताको भड्खालोमा पुर्याउन उद्यत रहेको दाबी गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप