आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मकवानपुरमा सातामा ३ दिन मात्र बैंक खुल्ने

मङ्गलबार, १४ वैशाख २०७८, २२ : २६
मङ्गलबार, १४ वैशाख २०७८

मकवानपुर । मकवानपुरमा बैंक तथा वित्तिय संस्थाहरू आलोपालो गरी हप्तामा ३ दिनमात्र सञ्चालनमा ल्याइने भएको छ । कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि जिल्लामा सञ्चालनमा रहेका बैंक तथा वित्तिय संस्थाहरू आलोपालो गरी हप्तामा ३ दिनमात्र सञ्चालनमा ल्याइने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको हो ।

कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुर र बैंक तथा वित्तिय संस्थाका प्रमुख एवम् सञ्चालिकाहरूबीच मंगलबार भएको बैठकले आलोपालो गरी हप्तामा ३ दिन मात्र बैंकहरुले सेवा प्रदान गर्ने निर्णय गरेको हो ।

बैंकर्स एसोसिएशन मकवानपुरले सो कार्यको व्यवस्थापन गर्ने गरी आलोपालो गरी हप्तामा ३ दिन विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्रवाह गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै बैठकले सबै बैंकहरूको एटिएम सेवा २४ सै घण्टा अनिवार्य रूपमा खुला राख्नुपर्ने निर्णय गरेको छ भने एटिएम प्रयोगकर्ताहरूको लागि आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउनसमेत भनिएको छ ।

सहकारी संस्थाहरूको हकमा भने बजारबाट रकम संकलनको कार्य हालका लागि रोक्ने निर्णय गरेको छ । बैठकले सेवाग्राहीको घर तथा पसलमा गई नगद संकलन गर्ने कार्य नगर्न र सहकारी संस्थाहरू आलोपालो गरी हप्तामा ३ दिन ३ घण्टा मात्र सहकारीको कारोवार संचालन गर्न पाउने गरी निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप