सिंहदरबारमा माधव नेपालसँग पौडेल र नेम्वाङको छलफल जारी
आइतबार, २६ वैशाख २०७८, १६ : ३६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुको सामूहिक राजीनामा रोक्न वरिष्ठ नेता माधवकुमार नेपालसँग वार्ताका लागि दुई नेता सिंहदरबार पठाएका छन् । खनाल नेपाल पक्षले सामुहिक राजीनामाको तयारी गरेर सिंहदरबार भेला भइरहेका बेला ओली पक्षका नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेल सिंहदरबार पुगेका हुन् ।
अहिले संसद सचिवालयमा नेता नेपालसँग पौडेल र नेम्वाङले वार्ता गरिरहेका छन् । छलफलमा पौडेल र नेम्वाङले राजीनामा रोक्न आग्रह गरेको बुझिएको छ । ओलीले विश्वासको मत लिने समय नजिकिएसँगै एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ ।