आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘रियलमी सी ११’ सार्वजनिक, यस्ता छन् विशेषताहरु

शुक्रबार, ३१ वैशाख २०७८, १३ : १४
शुक्रबार, ३१ वैशाख २०७८

काठमाडौं । रियलमीको नयाँ स्मार्ट फोन ‘रियलमी सी ११ २०२१’ नेपालमा सार्वजनिक भएको छ । रियलमीले सार्वजनिक भए लगतै ‘रियलमी सी ११ २०२१’ बजारमा उपलब्ध गराएको छ ।

‘रियलमी सी ११ २०२१’ अन्य रियलमी सी सिरिजका इन्ट्री लेभलको फोन जस्तै बलियो, टिकाउ ब्याट्री, सशक्त प्रदर्शनी, ठूलो डिस्प्ले र समग्र रुपमा युवा तथा अधिकांश उपभोक्तालाई मध्यनजर गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

५००० एमएएच ब्याट्री
‘रियलमी सी ११ २०२१’मा ५००० एमएएच ब्याट्री रहेको छ जुन दिनभर अत्यधिक उपयोग गर्दा समेत लामो समयसम्मका लागि टिकाउ रहने कम्पनीले दावी गरेको छ ।

रियलमीको प्रयोगशालामा परिक्षणका क्रममा देखिएको तथ्याङ्क अनुसार यसको ब्याट्री निरन्तर युट्युब चलाउँदा पनि १७ घण्टासम्म, निरन्तर फोनमा कुरा गर्दा ३७ घण्टासम्म र निरन्तर संगीत सुन्दा १०८ घण्टासम्म टिक्ने कम्पनीको दावी छ । यसैगरी स्टान्डबाई रुपमा राखि मात्र राख्ने हो भने यसको ब्याट्री ४३ दिनसम्म टिकाउ रहेको देखिएको कम्पनीले जनाएको छ । 

यसैगरी, मोबाइलमा पावर सेभिङ मोड पनि छ जसले सामान्यतया प्रयोग भइरहने मुख्य ६ वटा एप चलाउँदा समेत अधिकतम ब्याट्री बचत गर्दछ । यसका साथै यसमा सफ्टवेयर अप्टिमाइजेशन विशेषताहरु जस्तैः एप क्विक फ्रिजले ब्याकग्राउण्डका सुस्त एपमा खपत हुने पावर घटाउने, स्क्रिन ब्याट्री अप्टिमाइजरले डिस्प्ले इफेक्ट कम गरि फोनको स्थिरता बढाउने कम्पनीले जनाएको छ ।

६.५ इन्च डिस्प्ले र ओक्टा कोर प्रदर्शन
‘रियलमी सी ११ २०२१’ मा ६.५ इन्च (१६.५ सीएम) को ठूलो एलइडी डिस्प्ले प्रयोग गरिएको छ । यो एक फुल–स्क्रिन मिनीड्रप स्क्रिन हो जसले सामाजिक सञ्जाल चलाउँदा, गेम खेल्दा र भिडियो हेर्दा भच्र्युल दुनियाँको गहिरो आनन्ददायी अनुभूति दिलाउने कम्पनीको दावी छ । यसको एचडी प्लस रिजोलुशन डिस्प्लेले ४०० निटस माथिको उज्ज्यालो र ८९.५ प्रतिशत आकर्षक स्क्रीन बडी अनुपात छ ।

यसमा २ जीबी डुअल च्यानल एपीडीडीआर ४ एक्स र्याम र २५६ जीबी सम्मको माइक्रो एसडी कार्ड राख्न सकिने ३२ जीबी स्टोरेज रहेको छ । यसमा एलईडी फ्ल्यासका साथ ८ एमपी पछाडिको क्यामेरा र अति सानो मिनी ड्रप नोचमा चिटिक्क मिलाएर ५ एमपी सेल्फी क्यामेरा रहेको छ । 

कम्पनीका अनुसार निलो र खैरो दुई रङ्गमा उपलब्ध ‘रियलमी सी ११ २०२१’ को मूल्य १२ हजार ९९० तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप