आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पिएसजीले गर्‍यो रामोस आबद्ध भएको औपचारिक घोषणा

बिहीबार, २४ असार २०७८, १५ : ३१
बिहीबार, २४ असार २०७८

भर्खरै रियल म्याड्रिड छाडेका स्पेनिस डिफेन्डर सर्जियो रामोस लिग वान क्लब पेरिस सेन्ट जर्माइनमा आबद्ध भएका छन् । रामोससँग दुई वर्षको सम्झौता गरिएको घोषणा पिएसजीले गरेको हो ।  ३५ वर्षका रामोसले आफ्नो खेल जीवनमा विश्वकप, युरोकप, फिफा क्लब विश्वकप युईएफए च्याम्पियन्स लिग, स्पेनिस ला–लिगा, कोपा डे रेलगायत सबैखाले प्रमुख उपाधि जितिसकेका छन् । पिएसजीबाट खेल्न पाउँदा आफुलाई गर्व लागेको प्रतिक्रिया रामोसले दिएका छन् । उनले क्लबलाई धेरैभन्दा धेरै उपाधि जिताउन भूमिका खेल्ने बताए । 

पिएसजीका अध्यक्ष नसिर अल खेलाईफीले भने, ‘पेरिसले आज हाम्रो युगकै एक महान् खेलाडीलाई स्वागत गरेको छ । सजिर्यो रामोस हाम्रो क्लबमा आबद्ध भए भनेर घोषणा गर्न पाउँदा हामी निकै हर्षित छौं ।’ सेभियाबाट व्यवसायिक फुटबलको सुरुवात गरेका रामोसले सन् २००५ यता पछिल्ला १६ वर्ष रियलमा बिताएका थिए । रियलसँगको सम्झौता यसै सिजन टुंगिएपछि उनले फ्रि एजेन्टका रुपमा क्लब छाडेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप