राष्ट्र बैंकले घाउमा मलम लगाइदियो : यातायात व्यवसायी
बुधबार, ०९ भदौ २०७८, १५ : ३७
यातायात व्यवसायीले नेपाल राष्ट्र बैंकले घाउमा मलमपट्टि लगाइदिएको बताएका छन् । राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि जारी गरेको एकीकृत निर्देशनले गरेको व्यवस्थाले आफुहरुको घाउमा मलमपट्टि लागेको व्यवसायीले बताएका हुन् ।
राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले प्रति सवारी दुई लाखका दरले थप कर्जा दिने व्यवस्था स्वागतयोग्य भएको बताए । उनले महामारीका कारण समस्यामा परेका व्यवसायीलाई ठूलो राहत नभएपनि मलमपट्टि लगाउने काम केन्द्रीय बैंकले गरेको बताए ।
कोभिड–१९ महामारीका कारण २०७६ सालको चैत ११ गतेदेखि गरिएको लकडाउनबाट सबैभन्दा बढी प्रभावित हुनेमा पर्यटनपछि यातायात व्यवसायी पनि पर्छन् । त्यसैले यो क्षेत्रलाई सरकारले सहयोग गर्नुपर्ने कर्माचार्यको भनाई छ ।