गायक ताम्राकारद्वारा सहयोग कोष शुरु
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को आकस्मिक कोषको स्थापनाको लागी ईनास मेरिल्यान्डका अध्यक्ष तथा ओकिलीका चर्चित गायक तथा सङ्गीतकार सृजन ताम्राकारले सहयोग सङ्कलन र प्रचारप्रसारको सुरुवात गरेका छन् ।
गत हप्ता अमेरिकाको भर्जिनियामा सम्पन्न ईनासको नर्थ अमेरिका महाधिवेशनबाट मेरिल्यान्ड राज्य समितिको अध्यक्षको पुनः दोस्रो कार्यकालको जिम्मेवारी सम्हालेका उनले आफ्नो जन्मदिनको अवसरमा पारेर नेपाली भाषा, साहित्य र कला क्षेत्रमा समर्पित सर्जकहरूको भई आइपर्ने आकस्मिक सहयोगको संस्थागत विकास र व्यवस्थापनलाई मध्यनजरमा राखेर "ईनास आकस्मिक कोष" को अवधारणालाई अघि सारेका हुन्।
आजको विज्ञान प्रविधिले दिएको सञ्चार र सञ्जालहरूको उच्चतम प्रयोग गर्दै विश्वभर छरिएका नेपाली कला प्रेमी र कलाकर्मीहरूलाई आपसमा जोड्दै, आपसी साथ र सहकार्यमा यो आकस्मिक सहायता कोषको अवधारणालाई स्थापित गराउने र स्थायित्वको लागि पहल गरिने अध्यक्ष ताम्राकारले बताए ।
उनले सहयोगको प्रारम्भ आफैबाट हुने र सबै कलाप्रेमी मनकारी मन र दानवीरहरूलाई यो पवित्र कार्यमा सहयोग गर्न समेत आह्वान गरिसकेको बताएका छन् भने केही दिनको अवधिमा उनले उक्त कोषमा जम्मा भएको रकम ईनास मेरिल्यान्डको आकस्मिक कोषमा जम्मा गरिने बताएका छन्।