एमसीसीविरुद्ध विप्लव समूहको विरोध प्रदर्शन र सभा (तस्बिरमा हेर्नुस्)
सोमबार, २८ भदौ २०७८, १४ : २८
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । काठमाडौको टेकु, त्रिपुरेश्वर, लैनचौर बबरमहललगायतका स्थानबाट नारा लगाउँदै विरोध जुलुस निकालेको हो ।
जुलुसमा सो पार्टीसहित अन्य विभिन्न पार्टीका नेताहरूले नेतृत्व गरेका थिए । प्रदर्शनकारीले राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौंजस्ता नारा लगाएका थिए ।
विरोध र्याली खुलामञ्चमा पुगेर सभामा परिणत भएको छ । सभामा विप्लव लगायतका नेताहरुले सम्बोधन गर्दैछन् ।