आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ऋतिकसँग ‘फाइटर’ मा दीपिका

आइतबार, १७ असोज २०७८, १० : ००
आइतबार, १७ असोज २०७८

बलिउड अभिनेत्री दीपिका पादुकोण एक्सन फिल्ममा काम गर्ने भएकी छन् । बलिउडकी 'ट्रेन्ड सेटर' अभिनेत्री दीपिका पादुकोण जस्तो सुकै भूमिका निर्वाह पनि खप्पिस छिन् । भारतीय सञ्चार माध्यमका अनुसार दीपिकाले ऐतिहासिक फिल्ममा काम गरेपछि एक्सन फिल्ममा काम गर्ने भएकी छन् । उनले फिल्म ‘फाइटर’ मा अभिनेता ऋतिक रोशनसँग काम गर्ने भएकी हुन् । 

फिल्म निर्देशक सिद्धार्थ आनन्दको फिल्म ‘वार’ ले २ वर्ष पूरा गरेको छ । उक्त फिल्ममा अभिनेताहरू टाइगर श्राफ र ऋतिक रोशनले मुख्य भूमिका निभाएका थिए । यही फिल्मसँगै सिद्धार्थले आफ्नै प्रोडक्सन कम्पनी खोलेका थिए । यसको नाम उनले मारफ्लिक्स राखेका थिए । सोही प्रोडक्सन कम्पनीको ब्यानरमा ‘फाइटर’ को निर्माण हुने भएको हो । 

यस फिल्ममा दीपिका र ऋतिकको एक्सन देख्न सकिनेछ । फिल्म इन्डियन आम्र्ड फोर्समा आधारित हुनेछ । यसलाई स्वदेश तथा विदेशमा रिलीज गरिने जानकारी दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप