नगरकोटबाट हेर्नुस् मुस्कुराएको हिमाल
बिहीबार, २८ असोज २०७८, १० : २९
यति बेला कोरोनाको कहर नहुँदो हो त पर्यटकीय क्षेत्र नगरकोटमा स्वदेशी तथा विदेशी पर्यटकहरूको घुइँचो हुने थियो । यहाँका होटल, रेस्टुरेन्ट, होमस्टे र रिसोर्टमा पाहुनाको हुल हुने थियो । तर,कोरोना भाइरसको जोखिम कम हुँदै गएपछि भने नगरकोट र आसपासका स्थान आन्तरिक पर्यटकको चहलपहल देखिन थालेको छ ।
बिहान नगरकोट नजिकैको ढाडागाउँबाट खुलेको हिमालको मनमोहक दृश्य देखिएको छ । यहाँबाट जुगल, गौरी शंकर, लाङटाङ, सगरमाथालगायतका हिम शृङ्खलाको दृश्य देखिन्छ ।