आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आगलागी हुँदा करोडौंको क्षति

शुक्रबार, १२ कात्तिक २०७८, ११ : ५०
शुक्रबार, १२ कात्तिक २०७८

रौतहटको मध्यभागमा गरुडा स्थित साह ट्रेड कन्सर्नमा आगलागी भएको छ । गरुडा नगरपालिका– ४ मा रहेको साहु ट्रेड कन्सर्न हार्डवेयर पसलमा शुक्रबार बिहान साढे ४ बजे विद्युतको तार सर्ट भएर आगलागी भएको हो । आगो नियन्त्रणमा आइसकेको रौतहटका सिडियो कृष्ण बहादुर शाहीले जानकारी दिएका छन् । उनका अनुसार २ वटा दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरीको टोलीले आगो निभाएका थिए । 

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीका अनुसार आगलागी हुँदा घरसहित घरमा भएका सम्पूर्ण समाग्री जलेर नष्ट भएको छ ।  ​आगलागीबाट १० करोड बढीको क्षति भएको हुन सक्ने अनुमान गरिएको डिएसपी भण्डारीले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप