भीम रावलको प्रश्न - झापामा लागू हुने अपानि सुदूरपश्चिममा किन नहुने ?
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज बोलाइएको सुदूरपश्चिम कमिटीको बैठकप्रति आपत्ति जनाएका छन् । बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत रहेको रावलको दाबी छ ।
बैठक र यसका निर्णयहरू अवैध र अमान्य हुँदै बताउँदै रावलले यसलाई गुटबन्दीको नमुना रहेको पनि बताएका छन् । उनले प्रश्न छ – अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकोले हो कि ?
आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ।यो गु टबन्दीको नमूना हो। यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्।अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन ? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि ?
— Dr. Bhim Rawal (@BhimRawal179) November 9, 2021
पार्टीको सुदूरपश्चिम कमिटीको बैठक मंगलबार पार्टी कार्यालयमा ११ बजे बोलाइएको प्रदेश कमिटी सचिव राजेन्द्र सिंह रावलले रातोपाटीलाई जानकारी दिए । उनले भने, 'हामीले भीम रावल कमरेडलाई पनि निमन्त्रणा पठाएका छौँ । आउनु हुने वा नहुने वहाँको कुरा हो ।'