आईएमई जनरल इन्स्योरेन्सले दियो पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिम
बिहीबार, ०२ मङ्सिर २०७८, २१ : ३२
आईएमई जनरल इन्स्योरेन्सले पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिम दिएको छ । बीमा समितिले जारी गरेको कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्छी बीमा मूल्याङ्कनकर्ताको व्यवस्था गर्न इन्स्योरेन्सले तालिम दिएको हो ।
समितिले तोकेका जिल्ला सोलुखुम्बु र ओखलढुंगाका सहभागी १५ जनालाई तालिम दिएको कम्पनीले बताएको छ । दुई दिनसम्म सञ्चालित तालिममा मूल्याङ्कनकर्ताको क्षमता वृद्धि भएको कम्पनीको दाबी छ । तालिममा सहभागीहरुले गर्ने मूल्याङ्कनकर्ताले गर्ने मूल्याङ्कनलाई आधार मानेर दाबी भुक्तानी गर्दा कृषि तथा पशुपन्छी बीमामा उल्लेख्य सुधार हुने अपेक्षा कम्पनीको छ ।