आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

८ डीएसपीको एसपीमा बढुवाका लागि सिफारिस

शुक्रबार, ०३ मङ्सिर २०७८, ०८ : ०४
शुक्रबार, ०३ मङ्सिर २०७८

प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले थप ८ जना डीएसपीलाई एसपीमा बढुवा गरेको हो । यसअघि दुई पटकसम्म बढुवामा छुटेका अर्जुनप्रसाद तिमल्सिनासहित अन्य आठको बढुवा भएको छ । 

एकैपटक भर्ना भएका अन्यको बढुवा भएपनि यी आठजना बढुवा हुनबाट छुटेका थिए । बढुवा सिफारिस हुनेहरुमा डीएसपीहरू जनक बहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित  र अर्जुन रानाभाट रहेका छन् । प्रहरी नियमावलीअनुसार उनीहरुविरुद्ध उजुरबाजुर नपरे उनीहरुको स्वतः बढुवा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप