पठानको सुटिङमा फर्किइन् दीपिका
शनिबार, ०४ मङ्सिर २०७८, १७ : ००
आफ्नो वैवाहिक वर्षगाँठ मनाएपछि बुधबार मुम्बईमा दीपिका पादुकोण ‘पठान’ फिल्मको सुटिङमा फर्किएकी छिन् । शाहरुख खान डिसेम्बरको पहिलो साता यस फिल्मको सुटिङमा फर्किँदैछन् । फिल्ममा जोन इब्राहिम पनि छन् ।
उनले एक रुसी माफियाको भूमिका निर्वाह गर्दैछन् ।
यस एक्सन फिल्मको सुटिङ स्पेनसहित अन्य धेरै देशहरुमा पनि हुनेछ । स्पेनका मर्लोका, काडिज र वेजेर डिला फ्रेन्टरा शहरमा दीपिका र शाहरुखको गीतका दृश्यहरु सुट हुनेछ । फिल्ममा जोन इब्राहिमको बाइट स्टन्ट हुनेछ । यस फिल्ममा शाहरुख खान रअ एजेन्टको भूमिकामा छन् । उनले विभिन्न देशहरुमा गएर आफ्नो मिसनलाई सफल पार्नेछन् ।