नेपाल युएई बिजनेस काउन्सिल स्थापना
बिहीबार, ०९ मङ्सिर २०७८, १७ : ४७
युएईमा व्यापार विस्तार गर्ने गरी नेपाल युएई बिजनेस काउन्सिल स्थापना भएको छ । सीईओ क्वल ग्लोबल नेपाल र सेन्टर फर डिपलोमेटिक डाइलग सेडिटले यूएईको दुतावाससँगको सहकार्यमा काउन्सिल स्थापना गरिएको ग्लोबल नेपालले बताएको छ । यूएई विजनेश काउन्सिलले यूएईमा नेपालबाट कस्तो व्यापार विस्तार गर्न र यूएईबाट नेपालमा कुन कुन क्षेत्रमा लगानी भित्र्याउ सकिन्छ त्यसको योजना काउन्सिलले गर्ने बताइएको छ ।
काउन्सिलका यूएईमा भएका सदस्यहरुले यूएईमा व्यापार विस्तार गर्ने र नेपालबाट विदेशमा लगानी गर्ने कानुन नभएता पनि नेपालीको योजनाको सम्भावना खोजी गर्ने काम गर्ने छ । काउन्सिलले नेपाल र यूएईमा बस्तु आयात तथा निर्यात मात्रै नगरेर लगानी र मेगा प्रोजेक्टका योजनाहरु पनि बनाउने तयारी गर्ने बताइएकोछ ।