आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्पर्समाथि चेल्सीको सहज जीत, काराबाओ कपको फाइनलमा

बिहीबार, २९ पुस २०७८, ०६ : ४३
बिहीबार, २९ पुस २०७८

चेल्सीले टोटनहामलाई हराउँदै काराबाओ कपको फाइनलमा स्थान बनाउन सफल भएको छ । पहिलो लेगमा २ गोलको अग्रता बनाएको चेल्सीले दोस्रो लेगमा १-० को जीत हासिल गर्दै समग्रमा ३-० ले फाइनलमा प्रवेश गरेको हो ।
दोस्रो लेगमा खेलको १८ औँ मिनेटमा एन्टोनियो रुडिगरले गरेको एक मात्र गोल निर्णायक बन्यो । अब चेल्सीले फाइनलमा आर्सनल र लिभरपुलबीचको विजेतासँग भिड्नेछ ।

उता, रेफ्री आन्द्रे मारिनरले पेएरे एमिल होजबर्ग र लुकास मोउरामाथि फल गरेपछि स्पर्सलाई दुईवटा पेनाल्टी दिएका थिए । तर, दुवै पटक भिडियो एसिस्टेन्ट रेफ्रीले उक्त निर्णयलाई उल्टाइदिएको थियो । त्यस्तै ह्यारी केनको गोललाई अफसाइड भन्दै रद्द गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप