आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तीन हप्तामा तेस्रोपटक चेल्सीले स्पर्सलाई हरायो

सोमबार, १० माघ २०७८, ०७ : ०६
सोमबार, १० माघ २०७८

दोस्रो हाफमा दुई गोल गर्दै चेल्सीले टोटनह्याम हटस्पर्सलाई तीन हप्तामा तेस्रो पटक पराजित पराजित गरेको छ । पहिलो हाफमा गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ सुरु भएको दुई मिनेटमा नै हामिक जियाचले २० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । 

आठ मिनेटपछि नै थियागो सिल्भाले मेसन माउन्टको फ्रिकिकबाट गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । यसअघि पहिलो हाफमा ह्यारी केनले चेल्सीको पोस्टमा गोल छिराए पनि त्यसलाई रद्द गरिएको थियो । गोलअघि केनले सिल्भालाई फल हानेको देखिएको थियो ।

चेल्सीले केही समयअघि मात्र काराबाओ कपको सेमिफाइनलको दुवै लेगमा स्पर्सलाई हराएको थियो । गत नोभेम्बरमा एन्टोनियो कोन्टेले नेतृत्व सम्हाले यता लिगमा स्पर्सको यो पहिलो पराजय हो । जीतपछि २४ खेलबाट ४७ अङ्क बटुल्दै चेल्सी लिगको तेस्रो स्थानमा रहेको छ । स्पर्स भने २० खेलबाट ३६ अङ्क बटुल्दै लिगको सातौँ स्थानमा सीमित रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप