आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कविता : परिवर्तन

आइतबार, १६ माघ २०७८, १० : २७
आइतबार, १६ माघ २०७८

तिम्रा आवाजहरू
बुलन्द हुँदैगर्दा
यी गगनचुंम्बी भवनहरूको
कुनै अवशेष थिएन
अधिकारको लागि
तिमी फासिमा चड्दै गर्दा
संविधानको कुनै
लिपि थिएन देशमा
थियो त केवल
जंगे साशन,
अनि तिनैको
सेवामा लेखीएका अक्षरहरू ।

परिवर्तनका आवाज संगसँगै
जुर्मुराएका युवाहरू
बिस्तारै(बिस्तारै
अधिकारका निम्ति लड्दै गर्दा
तिम्रा हत्केलामा
नेलकडि लगाउने शासकहरू
अलि अलि अधिकार दिन
तयार हुदैथिए
तर ।
तानाशाह ढलेन
फेरि मौलायो कुशासन र अत्याचार ।

अधिकारको निम्ति लढ्न भनी
संगठित भएका संस्थाहरू
आपसमा वेमेलको सिकार बनी
राजालाई नै बुझाउन पुगेथे
अधिकार
तिनै राजाको पाउँमा
दाम राख्नेहरू
आज सरकारको
गुलामी गर्दैछन
साएद यसपाली
साँढेको फल झर्ला झै गरेर ।

तिम्रा नाममा मौनधारण
गर्ने ओँठहरू
न्यायको विगुल फुक्न
थरथराईरहेछन यहाँ
किन कि
उनका सपना, उनको विपना
तिनै कुलिनहरूले लिईरहेकाछन् ।
दृष्यमा मनमोहक देखिने पाखाहरूले
तिम्रा धुन नसुनेको बर्षौ
भईसकेको छ
किन कि
यहाँ हजारौ सहिदको
गाथा बोकेको छ ।

सहिदको नाममा विभाजित
मेरो समुदाय
आपसमा जोडेर
संगिन ती आवाजहरूले
लिएको युगिन परिवर्तलाई
अनन्तकालसम्म पनि
अमर, अजेय
चिरकाल बनाउँदै
सहिदले
देखाएको परिवर्तनको बाटो
सम्माल्नु छ यहाँ
किन कि
यहाँका हिमाल,
तराई, पहाडका फाँट
र तिनै महलहरूमा
सहिदको सपना लुकेको छ ।
हरेक परिवर्तमा सहितको
रगत बगेकोछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मणिकुमार श्रेष्ठ 'सिजन'
मणिकुमार श्रेष्ठ 'सिजन'
लेखकबाट थप