आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जिप र्‍यांग्लरको लाइनअपमा थपियो ‘जिप ग्लेडियटर’

मङ्गलबार, १८ माघ २०७८, ०७ : ३६
मङ्गलबार, १८ माघ २०७८

एमएडब्लु लाइफले जिप र्‍यांग्लरको लाइनअपमा नयाँ जिप ग्लेडियटर थपेको छ । जिप ग्लेडियटर जिपको आइकनिक र्‍यांग्लरमा आधारित छ । यो गो एनिह्वेयर, डु एनिथिङ क्यापाबिलिटी, एड्भान्स्ड टेक्नोलोजिकल फिचर, जिपको परिचित डिजाइन र ओपन–एअर फ्रिडम रहेको छ । एमएडब्लु लाइफले यसअघि सीबीयु लाइनअपमा ‘टु डोर’ र ‘फो डोर’ रुबिकन र ‘फो डोर’ सहारा र्‍यांग्लर उपलब्ध गराउँदै आएको थियो । 

एमएडब्लुले नेपालमा ग्लेडियटरको ओभरल्यान्ड ट्रिम ल्याएको हो । जसमा ३ं६ लिटरको पेन्टास्टार भी६ पेट्रोल इन्जिन छ, जसले २०६ किलोवाट पावर र ३२७ एनएम टर्क उत्पन्न गर्छ । यसको अफरोड क्यापाबिलिटी जिपको सेलेक–ट्रयाक एक्टिभ अन–डिमान्ड ४ बाई ४ सिस्टमले दिन्छ । यो सिस्टमले २.७२ः१ लो रेन्ज गियर रेसियो र ३.७३ रियर एक्सल रेसियोसहितको डाना ४४ एक्सल गरी टु–स्पिड ट्रान्सफर केस अफर गर्छ । भी६ इन्जिनलाई लो–एन्ड टर्कका लागि अप्टिमाइज गरिएको छ, जुन अफरोडिङका लागि आवश्यक छ । यसको ‘टोविङ’ क्षमता २७२१ केजी रहेको छ । 

यसलाई क्यापाबल कार्गो क्यारियरबाट विकेन्ड फन र दैनिक प्रयोजनका लागि फुल्ली कस्टमाइज्ड लाइफस्टाइल भेहिकलमा सजिलैसँग परिणत गर्न सकिन्छ । जिप र्‍यांगलर ‘फो डोर’ को तुलनामा यसको फ्रेम ७८७ एमएम लामो र ह्विलबेस ४९२ एमएम लामो छ । यसको एप्रोच एंगल ४०.७ डिग्री, ब्रेक एंगल १८ं४ डिग्री, डिपार्चर एंगल २२५.१ डिग्री र ग्राउन्ड क्लेरेन्स २८३ एमएम रहेको छ । जिप र्‍यांगलरमा जस्तै यसको हार्डटप पनि सजिलैसँग निकालेर नेकेड बनाउन सकिन्छ जसले सहर वा ट्रेल दुवैमा ओपन एअर फ्रिडमलाई प्रत्याभुत गर्छ । 

ग्लेडियटरमा लामो ह्विलबेसकको अनरोड ड्राइभिङ डाइनामिक्सका लागि र नयाँ लोड ट्रेलाई सपोर्ट गर्न कम्प्रेहेन्सिभ फाइभ–लिंक सस्पेन्सन सिस्टम राखिएको छ । ‘ट्रे’को पेलोड क्षमता ६२० केजी छ र अन्डर रेल बेड लाइटिङ र इन्टिग्रेटेड टाई डाउन राखिएको छ । जुन साइकल, डर्ट बाइक, सर्फबोर्ड र एटीभी जस्ता ‘एड्भेन्चर इक्विपमेन्ट’ राख्न सहज बनाउँछ । 

सुरक्षाका लागि यसमा ७० भन्दा बढी एक्टिभ र पेसिभ सेफ्टी एन्ड सेक्युरिटी फिचर रहेका छन् । साथै, ग्रिडसहितको पार्कभ्यु रियर क्यामेरा, फ्रन्ट एन्ड रियर पार्क असिस्ट, इलेक्ट्रोनिक रोल मिटिगेसनसहितको इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोलजस्ता सुरक्षा फिचर छन् । ग्लेडिएटर ब्ल्याक र फायरक्रेकर रेडमा उपलब्ध छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप