आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्रम्पमाथि राष्ट्रपति पद व्यक्तिगत फाइदाका लागि प्रयोग गरेको आरोप

सोमबार, ०२ फागुन २०७८, १३ : ५३
सोमबार, ०२ फागुन २०७८

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पद व्यक्तिगत स्वार्थको लागि प्रयोग गरेको आरोप लागेको छ । पछिल्लो समय विभिन्न विवादमा फस्दै आएका ट्रम्पलाई पछिल्लो पटक व्यक्तिगत फाइदाका लागि पदको दुरुपयोग गरेको आरोप लागेको हो । ट्रम्पमाथि ‘पोलिटिकल फण्डको रेन्जिङ’ का लागि आयोजना गरिएको कार्यक्रमको पैसा खल्तीमा हालेको आरोप लागेको छ । ​

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार ट्रम्प गत वर्ष डिसेम्बरमा नेपल्स (इटाली) को एक क्रिसमस पार्टीमा समावेश भएका थिए । उक्त पार्टीमा सरिक भएका ट्रम्पले उनीसँग तस्बिर क्लिक गराएको बदलामा १० हजार डलरदेखि ३० हजार डलरसम्म लिएका थिए । यो पैसाको प्रयोग राजनीतिक कार्यक्रम र परोपकारी कामका लागि हुनु पर्ने थियो । तर यो सबै पैसा ट्रम्पको बैंक खातामा गएको थियो ।

च्यारिटीको कुनै कारण बताइएको छैन
पार्टीमा समावेश भएका प्रत्यक्षदर्शीका अनुसार उनले एक निजी कम्पनीको ह्विप फन्डराइजिङबाट टिकट खरिद गरेका थिए । यो कार्यक्रमको ठूलो हिस्सा परोपकारी कामका लागि दिइएको यो कम्पनीका संस्थापक ब्राड केल्टनरको दावी छ । जबकी यसको विज्ञापन गर्ने वेबसाइटमा परोपकारको कुनै कारण बताइएको छैन । केल्टनरले जब यस कुराको विषयलाई लिएर प्रश्न सोधे उनले यस मुद्धामा कुरा गर्न अस्वीकार गरे । यसका अलावा ट्रम्पले आफ्नो परिचयबाट फाइदा उठाउन कयौ भेन्चर पनि सुरु गरे ।

अमेरिकाका कयौं पूर्व राष्ट्रपतिले उठाए फाइदा
ट्रम्प बाहेकका अन्य पूर्व अमेरिकी राष्ट्रपतिले आफ्नो पहिचान आर्थिक रुपमा परिवर्तन गरेका थिए । बाराक ओबामा र मिशेल ओबामाले ६ करोड ५० लाख डलरमा एक संयुक्त बुक डिल गरेका थिए । यसैगरी बिल र हिलारी क्लिनटनले पनि आफ्नो भाषणको माध्यमबाट २०१५ सम्म १५ करोड ३० लाख डलरको कमाई गरेका थिए । जर्ज बुसलाई पनि स्पिकिङ सर्किटको राम्रो फाइदा मिलेको थियो । तर यी सबै बावजुद ट्रम्प आफ्नो पहिचानलाई पैसामा परिवर्तन गर्न धेरै प्रतिबद्ध देखिएका छन् ।

ट्रम्प राष्ट्रपति बन्नुभन्दा पहिले पनि थिए धनी
ट्रम्पका प्रवक्ता टेलर बुडोभिचले ट्रम्पमाथि लागेका आरोपको खण्डन गर्दै भनेका छन्, ‘ट्रम्प सार्वजनिक पद पाउनुभन्दा पहिले पनि धनी थिए । राष्ट्रपति पद छोडेपछि सामान्य मानिसमा उनीसँग जोडिएको आइडिया र प्रोडक्टको माग कायमै  रहेको छ । यस्तो राजनीतिमा पहिले कहिले पनि भएको थिएन ।’ संघीय चुनाव आयोगका पूर्व जनरल काउन्सिलर नोबलले भने,‘ट्रम्पको बारेमा जुन कुरा फरक छ, उनी पैसा कमाउने प्रत्येक कुरामा समावेश हुदै आएका छन् ।’

ट्रम्पसँगको सोधपुछ राजनीतिबाट प्रेरित
डोनाल्ड ट्रम्पको व्यवसाय न्यूयोर्कको म्यानहाटन डिस्ट्रिक्ट अटोर्नी र स्टेट अटर्नी जनरलका लागि पनि जाँचको विषय हो । यसमा ट्रम्पका छोरा एरिक ट्रम्पले भनेका छन्,‘यो सोधपुछ राजनीतिबाट प्रेरित रहेको छ । न्यूयोर्कका अटोर्नी जनरल लेटिटिया जेम्सले आफ्नो प्रचारमा उनलाई कानुनी प्रक्रिया चलाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । यस किसिमको मामिला तेस्रो विश्वका मुलुकमा देखिने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप