आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मस्कले बेचे ५.७ बिलियन डलर बराबरको सेयर

बुधबार, ०४ फागुन २०७८, ०७ : ५९
बुधबार, ०४ फागुन २०७८

एलन मस्कले गत वर्ष टेस्लाको ५.७ बिलियन डलरको शेयर परोपकारी संस्थालाई दान गरेको  खुलासा भएको छ । गत वर्ष १९ नोभम्बरदेखि २९ नोभेबरसम्म यो दान गरेको  युएस सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसइसी) ले देखाएको छ । 

यसले मस्कलाई कर लाभ हुने विश्लेषकहरूले बताएका छन् । ‘उनको कर लाभ ठूलो हुनेछ,’ कर नीति अध्ययन गर्ने इन्स्टिच्युट फर पोलिसी स्टडीजका बब लर्डले भने । मस्कले ५ दशमलब ७ अर्ब करको ४० देखि ५० प्रतिशत बचत गर्ने लर्डले बताए । 

केही समयअघि मस्कले ट्विटरमा एउटा सर्वेक्षणमा टेस्लाको आफ्नो सेयरको १० प्रतिशत बिक्रीबारे सुझाव मागेका थिए । प्रतिकृया दिने अधिकांशले उनले सेयर सो सेयर बिक्री गर्नुपर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप