आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘हनुमानको करामत’ बालचित्रकथा सार्वजनिक

बुधबार, ०४ फागुन २०७८, १५ : ०९
बुधबार, ०४ फागुन २०७८

जितेन्द्र रसिकको बालचित्रकथा ‘हनुमानको करामत’ बजारमा आएको छ । यसमा बालमनोविज्ञानमा आधारित रहेर राम र हनुमानको रोचक कथानक उठान गरिएको छ । कथामा राम र हनुमान भ्रमणका क्रममा भक्तपुरको हनुमन्ते खोला पुग्दाको काल्पनिक चित्रण गरिएको छ ।

प्रज्वल थापाको रंगीन चित्रले चित्रकथा आकर्षक देखिएको छ ।    इर्टनल प्रकाशन प्रालिले प्रकाशित गरेको ‘हनुमानको करामत’ कथाकार रसिकको  १३ औं कृति हो । यसअघि उनको एलियनको पृथ्वी भ्रमण, हावा फल्ने रुख, एङ्ग्री बर्ड, बेलबहादुरसँग विहे, गुलेली बालकथा सङ्ग्रहलगायत बालकथाका कृति प्रकाशित छन् । बालकथा बाहेक उनले उपन्यास, कविता लगायत विविध विधामा कलम चलाउका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप