आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘कथाले मागेपछि गठबन्धन बाध्यता भयो’

बल पास नगरे पनि क्याप्टेनले गोलपोस्टमा बल छिराए पुग्छ : धनराज गुरुङ
बिहीबार, ०५ फागुन २०७८, ०९ : ०८
बिहीबार, ०५ फागुन २०७८

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले कथाले मागेपछि चुनावी गठबन्धन गरेर जान सकिने बताएका छन् । काँग्रेसमा गठबन्धनविरोधी नेताको छवि बनाएका गुरुङले रातोपाटीसँगको कुराकानीमा नेपालका राजनीतिक दलमा वैचारिक विचलन आएकाले गठबन्धन गर्नुपर्ने बाध्यता बनेको बताएका हुन् ।

गठबन्धनका सन्दर्भमा युर्टन हुनुभएको हो भन्ने प्रश्नमा उनले ड्राइभिङ सिटमा बसेकाले घुम्तीमा स्टेरिङ दायाँ–बायाँ घुमाउनु परेको बताए । ‘ड्राइभिङ सिटमा बसेपछि घुम्तीमा स्टेरिङ दायाँ–बायाँ घुमाउनैपर्छ । स्टेरिङलाई दायाँ– बायाँ न घुमाउने हो भने त सिधै खाल्डोमा जान सक्छ,’ गुरुङले रातोपाटीसँग भने, ‘नेपालको राजमार्ग त्यति स्ट्रेट छ र ? नेपाली राजनीति त्यति स्ट्रेट छैन ।’

यस्तै १४ औँ महाधिवेशनमा शेखर कोइराला टीमबाट उपसभापति निर्वाचित भएका गुरुङले सभापति शेरबहादुर देउवाको दोस्रो इन्ङिसको सुरुवाती कामको प्रशंसा गरे । सभापति देउवा विधान र विधि सङ्गत ढंगले चलिरहेको उनको भनाइ छ । प्रस्तुत छ काँग्रेस उपसभापति गुरुङसँग गरिएको कुराकानी –

आसन्न निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे नेपाली काँग्रेसमा मत विभाजित छ । गठबन्धनबारे तपाईंको धारणा के हो ?

वैचारिक, सैद्धान्तिक र आदर्शका रूपमा बहुदलीय व्यवस्थामा आ–आफ्नो पार्टीको एजेण्डासहित हरेक पार्टीले घोषणापत्रमार्फत जनताको बीचमा जाने हो । तर नेपालको राजनीति वैचारिक र सैद्धान्तिक कुराभन्दा अन्यबाट मोटिभेट भएको देखिन्छ । जसका कारण यो गठबन्धन बन्ने गर्छ । सैद्धान्तिक रूपमा त यो गठबन्धन गर्नहुँदैन भन्ने हो । तर, कथाले मागेपछि काँग्रेस गठबन्धन बनाएर जानुपर्ने अवस्था हुन्छ ।

किनभने नेपाली राजनीतिमा कहीँ न कहीँ वैचारिक विचलन देख्छु । त्यसमा पनि कम्युनिस्ट घटकमा बढी वैचारिक विचलन देखिन्छ । हिजो जनवादी केन्द्रीयतासहितको साम्यवादको लक्ष्य बोकेर हिँडेका आज संसदीय व्यवस्थामा पुगेको अवस्था छ ।

अहिले चिन्न मुस्किल भइसक्यो, को काँग्रेस को कम्युनिस्ट भनेर । एउटा विचार बोकेर सशस्त्र क्रान्ति गरेको प्रचण्डहरू पनि त्यहाँबाट विचलित भइसके । आफ्नो मूल सिद्धान्तबाट विचलित भइसकेका पार्टीहरूसँग गठबन्धन गरेर जित्ने कुरा मात्र बाँकी रह्यो ।

त्यस्ता पार्टीले कोही न कोहीसँग गठबन्धन गरिहाल्ने भयो । नेपाली राजनीतिमा आएको सैद्धान्तिक  विचलनबाट काँग्रेस पनि अछुतो छैन । गएको स्थानीय निर्वाचनमा हामीले पनि कहीँ न कहीँ गठबन्धन गर्‍यौँ । नेपाली राजनीतिमा आएको वैचारिक विचलन शुद्धीकरण भई नसकेकाले कथाले मागेपछि काँग्रेस स्थानीय निर्वाचनमा गठबन्धन गरेर जान्छ । कथाले मागे बमोजिम गठबन्धन गर्ने वा नगर्ने कुरा तय हुन्छ । कथाले माग्यो भने गठबन्धन हुनसक्छ, कथाले मागेन भने गठबन्धन हुँदैन ।

ड्राइभिङ सिटमा बसेपछि घुम्तीमा स्टेरिङ दायाँ–बायाँ घुमाउनै पर्छ । स्टेरिङलाई दायाँ– बायाँ न घुमाउने हो भने त सिधै खाल्डोमा जान सक्छ । नेपालको राजमार्ग त्यति स्टेट छ र ?

तपाईंले गठबन्धन गर्नु वैचारिक विचलन भन्नुभयो । काँग्रेसकै उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा दिगो र सुदृढ गठबन्धनका समिति बनेको छ । गठबन्धनको संस्कृत विकसित गरेर जाने कुरा कसरी नराम्रो हुन्छ ?

संसद्‍मा कुनै पनि पार्टीको बहुमत नभएका बेला गठबन्धन सरकार बन्छ । त्यो एक प्रकारले राम्रै हो । अस्वीकार गर्न सकिँदैन । हङ पार्लियामेन्ट हुँदा पार्टी सधैँ विपक्षीमा बस्नुपर्छ भन्ने होइन । तर, जनताको घरदैलोमा जाँदा आ आफ्नो ढंगले जानुपर्छ । तर, सिङ्गो नेपाली राजनीति सैद्धान्तिक रूपमा विचलित भएको छ । स्वार्थबाट बढी अभिप्रेरित हुन थालेको छ । त्यसबाट हामी पनि अछुतो भएनौँ । त्यसैले कथाले माग्यो भने गठबन्धन हुन सक्छ ।

गठबन्धनको टेकोमा उभिएर काँग्रेसले सरकारको नेतृत्व गर्न हुन्छ भने गठबन्धन गरेर चुनावमा जानुलाई सैद्धान्तिक विचलन भन्न मिल्छ ? सत्ताको स्वाद लिन लागु नहुने त्यो विचलन चुनावी गठबन्धनमा मात्रै लागु हुन्छ ?

त्यसैले कथाले मागेपछि गठबन्धन गर्नुपर्छ भनेकै छु त । अहिले नै गठबन्धन गर्नुहुन्छ, हुँदैन भन्नु अपरिपक्व हुन्छ ।

गठबन्धन गर्न चाहनेले काँग्रेससँग एकता गर्दा हुन्छ भन्ने मान्छे आज कथाले मागेपछि गठबन्धन गर्नुपर्छ भन्ने ठाउँमा पुग्नुभयो । यसलाई धनराज गुरुङ आफ्नो पूर्ववत् अडानबाट युर्टन भएको रूपमा बुझ्ने हो ?

ड्राइभिङ सिटमा बसेपछि घुम्तीमा स्टेरिङ दायाँ–बायाँ घुमाउनै पर्छ । स्टेरिङलाई दायाँ– बायाँ न घुमाउने हो भने त सिधै खाल्डोमा जान सक्छ । नेपालको राजमार्ग त्यति स्टेट छ र ? नेपाली राजनीति त्यति स्टेट छैन । नेपालको राजमार्गको जस्तै नेपाली राजनीतिमा पनि त्यस्तै घुम्तीहरू प्रशस्त छन् । त्यसैले घुम्तीहरू आउँदा कहिले काहीँ स्टेरिङ दायाँ बायाँ गर्दा धनराज गुरुङले युर्टन गरिहाल्यो भन्ने होइन ।

मैले त्यसैले कथाले मागे बमोजिम काँग्रेस चुनावी गठबन्धनमा अगाडि बढ्छ भनेको हुँ । यसको अर्थ धनराज गुरुङ युर्टन नै भयो भन्ने हो । पहिलेको एजेण्डाबाट भागेको पनि होइन । अहिले काँग्रेसलाई सोची विचारी अगाडि बढ्नुपर्ने अवस्था छ । एमाले एमाले, माओवादी माओवादी केन्द्र र अरु पार्टी पनि आफ्नो विचारबाट विचलित नभइदिएको भए मैले भने जस्तो हुन्थ्यो ।

त्यसो भए चुनावको विन्दुसम्म एमाले र माओवादी मिलेर चुनावमा जाने डरले तपाईंहरू पनि गठबन्धनको पक्षमा वकालत गर्ने ठाउँमा आउनु भयो भनेर बुझ्दा हुन्छ ?

त्यो पनि होइन । मैलै भन्दै आएको छु हामी एजेण्डाले जित्नुपर्छ । स्वार्थको जगमा उभिएर जित्नु जित होइन ।  त्यो नेकपा फुटेपछि देखियो । स्वार्थहरूको बीचमा गठबन्धन भएर जितेको थियो । स्वार्थ नमिल्दा  भत्कियो । त्यसैले स्वार्थ गाँसिएर अगाडि बढेको कुरा राज्यका लागि राम्रो हुँदैन । हामीले एजेण्डाका साथ जानुपर्छ । मैले पटक पटक भ्रष्टाचार नियन्त्रणको अभियान पार्टीले चलाउनुपर्छ भनिरहेको  छु । किन भने अहिलेको एजेण्डा नै त्यही हो । भ्रष्टाचारले नेपाली जनता आजित भइसके । भ्रष्टाचारको अभियानमा सिङ्गो काँग्रेस र काँग्रेसले नेतृत्व गरेका सरकार उभियो भने हामीलाई गठबन्धनमा को मिल्छन्  मिल्दैन भन्ने कुरासँग चासो हुँदैन ।

साना सानो होइन सेकुरेटी प्रिन्टिङ प्रेस, ओम्नी काण्ड लगायतमाथि कारबाही हान्नुपर्छ । सिङ्गो पार्टी यहाँ आउनुपर्छ । सरकारको न्यूनतम साझा कार्यक्रममा पनि त्यो कुरा उल्लेख गरेको छ । त्यसलाई कार्यान्वयन गरेर जाँदा काँग्रेस एक्लै जित्छ । तर अहिलेको परिस्थिति नियालेर अगाडि बढ्दा कथाले मागेपछि गठबन्धनको आवश्यकता छ ।

यहाँ कोही कोही मान्छे केही लोभबाट अभिप्रेरित भएर, चुनावी हारबाट लकलक कापेका छन् । प्रचण्ड र माधव नेपालले काँध थापेपछि जित्छु भन्ने कोणबाट मेरो म यी कुरा आइरहेको छैन । तर कुनै नेताको आउन पनि सक्छ ।

अहिले गठबन्धनबारे छलफल गर्ने कुरा अपरिपक्व हुन्छ भनेर उहाँले रुलिङ गर्नु भएको हो । स्थानीय चुनाव हुन अझै करिब तीन महिना बाँकी छ । अहिले नै गठबन्धन गर्ने नगर्ने विषयमा बहस गर्नु उचित हुँदैन भनेर बहस चलाउने हो र ?

काँग्रेसमा गठबन्धनको खरो पक्षपाती भएर वरिष्ठ नेता रामचन्द्र पौडेल अगाडि आउनु भएको छ । माधव नेपाल र प्रचण्डले उहाँलाई भावी प्रधानमन्त्री बनाउने आश्वासन दिएको पनि चर्चा छ । तपाईंले रामचन्द्र पौडेललाई भन्न खोज्नु भएको हो ?

०६२–६३ को जनआन्दोलनमा पनि प्रचण्डजीले गिरिजाबाबुलाई भावी राष्ट्रपति भनेर घोषणा गरेकै थिए भन्ने सुनिन्छ । तर पछि प्रचण्डजीले नै गिरिजाबाबुको तेजबोध गर्नु भएकै हो । अहिले फेरि वरिष्ठ नेतालाई ललिपप देखाएँ भन्ने सन्दर्भमा मलाई केही थाहा छैन । मलाई कुनै व्यक्तिसँग लगेर नजोड्नु होस् । तर धनराज गुरुङलाई कसैले ललिपप नदेखाए हुन्छ । काँग्रेस त्यस्तो ललिपपबाट लालायित हुनुहुन्न ।

तीन दिन चलेको कार्यसम्पादन समितिको बैठकमा सभापति शेरबहादुर देउवाले गठबन्धनका सन्दर्भमा नबोल्न रुलिङ चाहिँ किन गर्नु भएको हो ?

त्यही भएर मैले यत्रो कुरा भने । अहिले गठबन्धनबारे छलफल गर्ने कुरा अपरिपक्व हुन्छ भनेर उहाँले रुलिङ गर्नु भएको हो । स्थानीय चुनाव हुन अझै करिब तीन महिना बाँकी छ । अहिले नै गठबन्धन गर्ने नगर्ने विषयमा बहस गर्नु उचित हुँदैन भनेर बहस चलाउने हो र ? १६ जिल्लामा छिटोभन्दा छिटो अधिवेशन गराउन र भ्रातृ संस्थालाई गतिशील बनाउन लाग्नुपर्छ । सभापतिले अहिलेको आवश्यकता अनुसार बैठक चलाउनु भएको हो ।

काँग्रेस नेता शेखर कोइरालाले त गठबन्धन स्वीकार छैन भनेर सत्ता साझेदार दलकै नेतालाई भेटेर भनिराख्नु भएको छ । पार्टीले एउटा लाइन क्लियर गर्दा राम्रो हुन्थ्यो होला नि ?

साह्रै वैचारिक रूपमा विचलन भएका नेतालाई उहाँले त्यो त भन्ने पर्थ्यो । उहाँले भन्नु भयो र ठीक गर्नु भयो । उहाँले तपाईं (प्रचण्ड) वैचारिक रूपमा विचलन नहुनुस् भन्न खोज्नु भएको हो । स्वार्थको जगमा उभिएर जनताको बीचमा कति जाने ? उहाँले प्रचण्डजीलाई गठबन्धन स्वीकार्य छैन भनेर ठीकै गर्नुभयो ।

उपसभापतिमा निर्वाचित भएपछि निरन्तर कार्यकर्ताको बीचमा गइराख्नु भएको छ । यो चुनावमा कार्यकर्ता र जनताको के चाहना के छ ?

पार्टीहरूले राम्रो मान्छेलाई उम्मेदवार बनाइदिए हुन्थ्यो । साह्रै खतमै भयो भन्ने मानसिकता छ । नेपाली जनता नेता बोस जस्तो नहोस् भन्ने पनि चाहन्छन् । जनतासँग हिँड्ने, जनतासँगै खाने व्यवहार भएको नेता चाहन्छन् । यहाँ त मत दिएपछि पाँच वर्षपछि भेटौँला भने जस्तो छ । पाँच वर्षपछि चुनावमा मात्र नेतासँग जनताको भेट हुने अवस्था छ । चुनावमा मात्र जनतामाझ जाने व्यवहारको जनताले नफरत गरेको पाइन्छ ।  साथै मुलुकले समृद्धिको छलाङ मारेको जनताले हेर्न चाहेका छन् । पटक पटक राजनीतिक आन्दोलन भएपनि उनीहरूको जीवनमा बदलाव आएन । व्यवस्था बदलियो, अवस्था बदलिएन । अब अवस्था बदल्ने नेता खोजीमा नेपाली जनता छन् ।

तपाईंहरू आएपछि हामी उत्साहित छौँ भनेर नामै किटेर भन्नुहुन्छ । तपाईंहरूसँग हाम्रो अपेक्षा पनि धेरै छ । तपाईंहरूले काँग्रेसको रूपान्तरणसँगै देशको रूपान्तरण गर्नुहुन्छ भन्ने हाम्रो विश्वासलाई हामीले कायम राख्नुपर्छ ।

तपाईंले कुनै पार्टी नभनी काँग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा लोसपाका राम्रो उम्मेदवारलाई जिताउनु होला भन्नुभयो । काँग्रेसको उपसभापति जस्तो मान्छेले अरू पार्टीका लागि मत माग्ने कुरा ठीक हो र ?

म राम्रो लागे मलाई मत दिनुस् । म राम्रो लागेन भने मलाई मत नदिनुस् भनेर म उम्मेदवार भएर गएको क्षेत्रमा भाषण गर्छ । मेरो प्रस्ट छ ।  मैले नराम्रो काम गरेको छैन भन्ने ममा आत्मा विश्वास छ । जनताको बीचमा उभिएर लकलक कापेर मत माग्ने होइन ।  मेरा लागि एमाले माओवादी, राप्रपा जसपा, लोसपाका कुनै पनि पार्टीका नेता तथा कार्यकर्ता मेरा लागि शत्रु होइनन् । मेरा लागि शत्रु भनेको गरिबी हो, रोग हो, भोक हो, अशिक्षा हो, भ्रष्टाचार हो, बेरोजगारी हो । यसैका विरुद्ध मेरो उम्मेदवार रहन्छ ।

त्यसैले त्यो ठाउँमा उभिन सक्ने मान्छेलाई कसले मत दिन्न ? काँग्रेसका उम्मेदवार पनि त्यही ढङ्गले चुनावमा जान्छौँ । अनि जनताले काँग्रेसलाई मत नदिएर अरूलाई दिन्छन् ? काँग्रेसका उम्मेदवार जित्दा सबैले जितेको अनुभूति हुने गरी उम्मेदवार तय गर्छौँ । १६५ निर्वाचन क्षेत्रमा सबै दलको प्रतिनिधित्व गर्ने उम्मेदवार काँग्रेसले दिन्छ ।

काँग्रेसको महाधिवेशनले दिएको सन्देशले आसन्न निर्वाचनमा कस्तो प्रभाव पर्ने देख्नुभएको छ ?

तपाईंहरू आएपछि हामी उत्साहित छौँ भनेर नामै किटेर भन्नुहुन्छ । तपाईंहरूसँग हाम्रो अपेक्षा पनि धेरै छ । तपाईंहरूले काँग्रेसको रूपान्तरणसँगै देशको रूपान्तरण गर्नुहुन्छ भन्ने हाम्रो विश्वासलाई हामीले कायम राख्नुपर्छ । यसले काँग्रेसलाई राम्रो सफलता मिल्ने मैलै आशा गरेको छु ।

वर्तमान नेतृत्वका कारण काँग्रेसले बहुमत ल्याउन कठिन हुन्छ भन्ने विश्लेषण छ । जनतामा त्यस्तौ छैन र ?

अपेक्षा भयङ्कर उर्लिएर आएको छ । महाधिवेशनबाट उत्साह पनि एकदमै थपिएर आएको छ । त्यो उपेक्षा र उत्साहलाई सँग सँगै लिएर काँग्रेस अगाडि बढ्न सक्नुपर्छ । त्यसो गर्न सकिए काँग्रेसको पक्षमा सकारात्मक परिणाम आउँछ ।

महाधिवेशनपछिको यो दुई महिनाले त्यो सङ्केत गरेका छ ?

 यो मैले अहिलेसम्म पाएँ । हामीले अहिले काम गरिरहेका छौँ । पहिला पहिला कार्यसम्पादन समिति गठन हुँदैन थियो । अहिले विधान बमोजिम पार्टी चलिरहेको छ । हामीले कार्यसम्पादन समिति गठन गरेर बैठक बसौँ भनेर सभापतिजीसँग छलफल भयो । कार्यसम्पादन समिति गठन भयो ।

म ‘तातै खाउ जली मरौँ’ भन्ने पक्षमा छैन । यसबारे अहिले नै टिकाटिप्पणी गर्न जरुरी छैन । हामी संगठन निर्माण र रूपान्तरणको क्रममा छौँ । अहिले नै यो भएन, त्यो भएन भनेर किन टिकाटिप्पणी गर्नु ?

सभापतिले तपाईंहरूसँग सहकार्य गरेर गइराख्नु भएको छ र तपाईंको कुरा सुनिराख्नु भएको छ ?

हो सुनिराख्नु भएको छ । सभापतिजी पनि पार्टी रूपान्तरणकै पक्षमा हुनुहुन्छ ।

अब काँग्रेसलाई गतिशील बनाउन तपाईं के के काम गर्दै हुनुहुन्छ ?

हामीले केन्द्रीय कार्यसमिति बैठकबाट भ्रातृ संस्थालाई चलायमान बनाउने निर्णय गरेका छौँ । ११ वटा भ्रातृ संस्थामा विधानसम्मत नयाँ कमिटी ल्याउने अधिकारी बैठकले सभापतिलाई दिएको छ । फागुनभित्रै भ्रातृ संस्थामा नयाँ कार्यसमिति आउँछ । अब चाँडै पार्टीका केन्द्रीय विभाग बन्छन् । केन्द्रीय सदस्यले जिम्मेवारी पाउनुहुन्छ । त्यसपछि पार्टी थप गतिशील बन्छ ।

सभापति शेरबहादुर देउवाले पार्टीको संस्थान इतर पक्षका नेता शेखर कोइरालासँग कुनै परामर्श गरेको देखिँदैन । उहाँले पार्टी मनोमानी ढङ्गले चलाउने काम भयो । सभापति पक्षपाती देखिनुभयो भनिराख्नु भएको छ । तपाईं पनि शेखर कोइरालाकै प्यानलबाट उपसभापति जित्नु भएको हो । तपाईं लाई त्यस्तो लाग्दैन ? तपाईं त सबै ठीकठाक छ भनिराख्छु हुन्छ त ?

म ‘तातै खाउ जली मरौँ’ भन्ने पक्षमा छैन । यसबारे अहिले नै टिकाटिप्पणी गर्न जरुरी छैन । हामी संगठन निर्माण र रूपान्तरणको क्रममा छौँ । अहिले नै यो भएन, त्यो भएन भनेर किन टिकाटिप्पणी गर्नु ? मज्जाले फन्को मारेर नाच्न दिएपछि पो यहाँ निर गल्ती भयो भन्नु नि ! नाच्न पाएकै छैन, सङ्गीत बजेकै छैन भने गल्ती भयो भन्न मिल्छ ?

सभापति न्यायासंगत ढङ्गले सबै पक्षलाई समेटेर अगाडि बढ्नुभएको छ भन्न खोज्नु भएको हो ?

 उहाँ हाम्रो टीम क्याप्टेन हो । चाहे फुटबलको भन्नुस्, चाहे क्रिकेटको भन्नुस् । ११ जना मैदानमा छिर्ने हो । केही खेलाडी बेन्चमा हुन्छन् । टिम क्याप्टेनले मैदानमा छिरेपछि अवस्था हेरेर बलपास गर्नुहुन्छ । तुरुन्त बल पास कसलाई दिने भन्ने कुरा त मैदानभित्रै कुरा हुन्छ । त्यसैले बल पास एकोहरो दिइराखेको छ भने अहिले आरोप लगाएर हुन्छ ? यो आरोप लगाउने बोला होइन नि !

हाम्रो लक्ष्य भनेको त सबै मिलेर गोलपोटमा बल छिराउने पो हो त । टिम क्याप्टेनले बल फरवाड लिएर गोल गरेर छिर्छ भने पनि ठीक छ । त्यसमा हामीलाई के कुरा भयो र ? गोलपोटमा बल छिरे पुग्छ । गोल गर्दा खुट्टाले हानेर छिरायो कि टाउकोले हानेर भन्दै विवाद गर्ने बेला हो र ? चुनावी वर्ष ०७९ मा हामीले पार्टीलाई बहुमत दिलाउने लक्ष्य हो । यो बल तपाईंले टाउकोले र यो बल खुट्टाले गर्ने गर्नुपर्छ भनेर टिम क्याप्टेनलाई पहिले नै भनेर भएन नि ! जे गर्दा गोल छिर्छ त्यही गर्ने हो ।

अन्तिममा शीर्ष नेताहरूले भरिएको काँग्रेसको उपसभापति भएर नेतृत्व तहमा बस्दा कस्तो अनुभूति गरिराख्नु भएको छ ?

म काँग्रेसको उपसभापति हो । तथापि कुनै पनि नेताप्रति मेरो आधारभाव कत्ति पनि कम भएको छैन । उस्तै छ । नेताले त्यो कुरा बुझ्न आवश्यक छ ।जिम्मेवारी प्राप्त गरेपछि पनि ‘यी केटाकेटी नै हुन्, म यिनलाई मान्दिनँ’ भन्नु पनि भएन । जिम्मेवारीलाई मान्य हो । मेरो कार्यकक्षमा सिनियर नेता आउँदा मैले म बस्ने कुर्सी छोडेर नेतासँगै बस्छु । म कुनै पनि दम्भ राख्दिनँ । तर औपचारिक रूपमा बैठकहरूमा त्यो प्रोटोकल मेनटेन गर्नुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप