आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पार्टीमा एमसीसीबारे निर्णय गरेर प्रचण्ड पुगे बालुवाटार

आइतबार, १५ फागुन २०७८, ०६ : ००
आइतबार, १५ फागुन २०७८

नेकपा माओवादी केन्द्रले एमसीसीबारे निर्णय गरेसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनको बैठकमा सहभागी हुन प्रचण्ड बालुवाटार पुगेका हुन् । माओवादीले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेको छ।  तर, सो निर्णयमा माओवादीभित्रै असन्तुष्टि देखिएको छ।  नारायणकाजी श्रेष्ठसहितका नेताहरुले सो निर्णयको विरोध गरेका हुन् । 

माओवादीको निर्णय आउन ढिला हुँदा गठबन्धनको बैठक पनि ढिला गरी सुरु भएको छ । बिहान १० बजे बस्ने भनिएको बैठक प्रचण्ड ढिलो पुगेपछि ११ बजेबाट सुरु भएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवलगायत सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप