आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेटको उपाधि एपीएफलाई

सोमबार, १६ फागुन २०७८, १८ : ०४
सोमबार, १६ फागुन २०७८

डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो पटक उपाधि जितेको हो । 

अघिल्लो संस्करणको खेलमा पनि एपीएफले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले नै पराजित गर्दै उपाधि जितेको थियो । खेलमा ११४ रनको लक्ष्य पन्छाएको एपीएफले १५ दशमलब ५ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो । एपिएफको जितमा ज्योति पाण्डेले सर्वाधिक ४३ रनको योगदान गरिन् । ४४ बल खेलेकी उनले ५ चौका प्रहार गरिन् ।

त्यसैगरी इन्दु बर्माले अविजित रहँदै २४ बलमा २९ रन जोडिन् भने कप्तान सिता राना मगर १९ रनमा आउट भइन् । सुदूरपश्चिमका लागि लक्ष्मी साउद र सम्झना खड्काले एकरएक विकेट हात पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११३ रनको योगफल बनाएको थियो । सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ३७ रनको योगदान भने डोली भट्टले ३६ रन जोडिन् । 

त्यस्तै कविता कुँवर २४ रनमा अविजित रहिन् भने रेवती धामीले १० रनमा तथा रितु कनौजिया २ रनमा अविजित रहिन् । एपीएफका लागि सुस्मा श्रेष्ठले २ विकेट हात पारिन् । उपाधिसहित एपिएफले दुई लाख र उपविजेता सुदूरपश्चिमले एक लाख प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप