आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सपिङ सेन्टरमा आगलागी, पाँच जनाको मृत्यु

मङ्गलबार, १७ फागुन २०७८, १३ : २८
मङ्गलबार, १७ फागुन २०७८

सिरियाको राजधानी दमासकसको एउटा सपिङ सेन्टरमा मंगलबार बिहान भएको आगलागीमा कम्तीमा पाँच जनाको ज्यान गएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । दमासकसको दमक विभागका एक अधिकारीलाई उद्धृत गर्दै आधिकारिक समाचार समिति  सानाले ला मिराडा मल भवनमा आज बिहानै लागेको आगो निभाइएको जनाएको छ । 

अहिलेसम्म चार जनाको उद्धार गरिएको छ र पाँच जनाको शव निकालिएको छ,“ साना समाचार समितिले थप जानकारी दिएको छ । आगलागीको कारण तत्काल खुल्न सकेको छैन । सरकार समर्थक अल–वतान अखबारले प्रकाशित गरेका तस्बिरहरूमा दमासकसको अल–हमरा जिल्लामा रहेको मलबाहिर ठूला फायरट्रकहरू देखाइएको छ । एउटा तस्बिरमा, किनमेल केन्द्रको झ्यालबाट धुवाँ निस्किएको थियो ।  आगोले हरेक तल्लालाई घेरेको देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप